NPL : न्युजिल्यान्डका निशम जनकपुर बोल्ट्समा आबद्ध

नेपाल प्रिमियर लिगको टिम जनकपुर बोल्ट्सले चर्चित न्युजिल्यान्ड क्रिकेटर जिम्मी निशमलाई टिममा आबद्ध गरेको छ।

आसिफ शेख मार्की खेलाडी रहेको टिमले टिमको पहिलो विदेशी खेलाडीको रुपमा किवी स्टारलाई भित्र्याएको सामाजिक संजालमार्फत जानकारी गराएको हो। टिमले यस अघि प्रशिक्षकको रुपमा राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नियुक्त गरिसकेको छ।

विश्वभरका चर्चित लिग खेलीसकेका निशम नेपाल प्रिमियर लिगमा आउन लागेका सबैभन्दा हाइप्रोफाइल खेलाडी हुन्।

३४ वर्षीय निशम ब्याटिंग अलराउण्डर हुन् जो देब्रे हाते ब्याटिंग गर्छन् भने दायाँ हाते फास्ट बलर हुन्। उनले न्युजिल्यान्डको लागि १२ टेस्ट, ७६ एकदिवसीय अन्तर्राष्ट्रिय र ७९ टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलीसकेका छन्।

निशमले टि-ट्वान्टीमा ६३ इनिंग्समा २२. ४७ को औशत र १५४. ५० को स्ट्राइक रेटमा ९४४ रन बनाएका छन्। यस्तै बलिंगतर्फ ५३ इनिंग्समा २७. ६४ को औशत, १८. २ को स्ट्राइक रेटमा ३९ विकेट लिएका छन्। उनले २०१२ मा दक्षिण अफ्रीका विरुद्ध न्युजिल्यान्डको लागि टि-ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।

जनकपुर बोल्ट्समा मार्की खेलाडीको रुपमा आसिफ शेख बाहेक ललित राजबंशी, अनिल शाह, किशोर महतो, रुपेश सिंह, शुभ कंसाकार, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव र तुल बहादुर थापा मगर छन्।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]