एनपिएलको ८ फ्रेन्चाईजीको टुंगो

२०८१ भाद्र १५, शनिबार ०९:००

नेपाल प्रिमियर लिग(एनपिएल) का लागि ८ फ्रेन्चाइजी शहरको नाम टुंगो लागेको छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रबार एनपिएलको पहिलो संस्करणमा सहभागी रहने ८ फ्रेन्चाइजीको टुंगो लगाएको जनाएको हो ।

एनपिएलमा सहभागी रहने ८ फ्रेन्चाइजीमा शहरमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदरपश्चिम रहेका छन् ।

क्यानको बोर्ड बैठकले बिहीबार पहिलो संस्करणको एनपिएलमा ८ टोली सहभागी रहने निर्णय गरेको थियो ।

पहिलो संस्करणको एनपिएल मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुदैछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy