क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

२०८१ आश्विन २९, मंगलवार २१:०३

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।

क्यानले आफ्नो स्वामित्वमा नेपाल प्रिमियर लिग-एनपीएल आयोजना गर्ने तयारी गरिरहेका बेला प्रतियोगिताको स्वामित्वलाई लिएर आमिरले ध्यानाकर्षण गराएका हुन्। क्यानले एनपीएल मंसिर १६ गतेबाट आयोजना गर्ने तयारी गरिरहेको छ ।

पूर्व राष्ट्रिय क्रिकेटर समेत रहेका आमिरले एनपीएलसम्बन्धी सम्पूर्ण अधिकार आफ्नो रहेको दाबी गर्दै क्यानले बेवास्ता गरेर प्रतियोगिता आयोजना गर्न लागेको उल्लेख गरेका छन् ।

उनले नेपाल प्रिमियर लिग प्रालि र नेपाल क्रिकेट संघ (क्यान) बीच सहमति गरेर मात्र एनपीएल आयोजना गर्न आग्रह गरेका छन् । क्यानले सहमति गरेमा आफूले नेपाल प्रिमियर लिग प्रालि नामसारी गरिदिने पनि उल्लेख गरेका छन् ।

उनले त्यसका लागि ७ दिनको समय सीमा पनि दिएका छन् ।

अख्तरले सन् २०१४ मा फ़्रेन्चाइज् मोडलमा नेपाल प्रिमियर लिगको पहिलो संस्करण धनगढी र महेन्द्रनगरमा आयोजना गरेको थियो। एकदिवसीय फर्म्याटमा उक्त प्रतियोगिता आयोजना गरीएको थियो। अख्तरले त्यसपछि सन् २०१६ देखि लिगको नाम परिवर्तन गर्दै फ़्रेन्चाइज् मोडलमा एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल ) आयोजना गरेको थियो। तर क्यानले प्राइभेट लिगलाई प्रिमियर लिग गर्न अनुमति नदिएपछि अख्तरले ईपीएल आयोजना गर्ने अनुमति पाएका छैनन्। अख्तरले भर्खरै फ़्रेन्चाइज् मोडलमा महिला भलिबल लिग एभरेस्ट महिला भलिबल लिगको आयोजना गरेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy