एनपिएल आयोजना हुन्छ – क्यान अध्यक्ष चन्द

नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना हुने बताएका छन् । क्यानको मङ्सिर ३ भएको भर्चुअल वार्षिक साधारणसभाले एनपिएल आयोजना गर्ने निर्णय गरेको थियो । तर, त्यसको मिति अझै तय नभएको उनले बताए ।

शनिवार धनगढीमा पत्रकारहरूसँग बोल्दै चन्दले संसारभर चर्चा पाउने गरी एनपिएल आयोजना गरिने बताए । उनले नेपालमा ठुला ४ लिग सम्भव हुन कठिन हुने समेत जिकिर गरे । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका डेभ वाटमोर कारण क्रिकेट विकासमा टेवा पुग्ने समेत अध्यक्ष चन्दले विश्वास व्यक्त गरे ।

उनले क्यानलाई पारदर्शी बनाउने र विभिन्न उमेर समूहका खेलाडीहरूको छनौट गर्दा उनीहरूको क्षमतालाई मुख्य प्राथमिकता दिने समेत जनाए । अध्यक्ष चन्दले निजी स्तरमा सञ्चालन भइरहेका लिगहरूलाई पनि कानुनी दायरामा ल्याउने उनको भनाइ थियो ।

सरकारले नेपालको क्रिकेट विकासमा ध्यान दिन नसक्दा नेपाली क्रिकेटले लक्ष्य अनुसारको फड्को मार्न नसकेको आरोप लगाउँदै चन्दले आफ्नै हस्तक्षेपका कारण लथालिङ्ग भएको नेपाल क्रिकेट सङ्घ क्यानलाई माथि उठाउन पनि सरकारले कुनै पहल नगरेको बताए ।

सीमित बजेटबाट धेरै कामहरू सम्पन्न गरेको भन्दै अध्यक्ष चन्दले केही सञ्चार माध्यमहरुले पनि त्यसमा आवाज उठाउनुका सट्टा क्यानमाथीनै खनिएकोमा उनको दुखेसो थियो ।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]