एनपीएल : इंग्ल्यान्डका बोपारा चितवनमा

चितवन राइनोजले इंग्ल्याण्डका अनुभवी खेलाडी रवि बोपारालाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अनुबन्ध गरेको छ ।

बोपाराले अब मंसिर १५ देखि सुरु हुने एनपीएल चितवन राइनोजबाट खेल्नेछन् । राइनोजले शुक्रबार विज्ञप्तिमार्फत बोपारालाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको जनाएको हो ।

चितवनले अनुबन्ध गरेको बोपारा पाँचौँ विदेशी खेलाडी हुन् । चितवनले यसअघि नै दक्षिण अफ्रिकाका मर्चेन्ट डे ल्याङ, इंग्ल्ल्याण्डका लुक बेन्केनस्टेइन, अफगानिस्तानका हसन एइसाखिल र नामिबियाका जान निकोल लोफ्टी-इटनलाई अनुबन्ध गरिसकेको छ ।

३९ वर्षीय भेट्रान ब्याटिङ अलराउण्डर बोपाराले इंग्ल्याण्डका लागि १३ टेष्ट, १२० ओडिआई र ३८ टी-२०आई खेल खेलेका छन् । उनी ओपनिङ र मिडल अर्डर दुवै पोजिसनमा ब्याटिङ गर्न सक्षम खेलाडी हुन् । दायाँहाते ब्याटिङ गर्ने उनले आफ्नो करियरमा ४७८ टी२० खेलमा ९ हजार ४८६ रन बनाएका छन् भने २९१ विकेट पनि लिएका छन् ।

उनले इंग्ल्याण्डको राष्ट्रिय टिमबाहेक आईपीएल, बीबीएल, पिएसएल, सीपीएल, एलपीएललगायत विश्वका धेरै फ्रेन्चाइज टी२० लिग खेलेका छन् । भाइटालिटी टी२० ब्लास्ट र दी हन्ड्रेडमा गरी ५ हजार भन्दा बढी रन बनाएका छन् ।

नेपालको क्रिकेट क्रेजबारे सबैलाई थाहा भएको र हरेक खेलाडी नेपालको समर्थकसामू आएर खेल्न चाहने बताउँदै बोपाराले आफू चितवन राइनोजको जर्सी लगाएर खेल्न उत्साहित रहेको बताएका छन् ।

यस्तै चितवन राइनोजका म्यानेजिङ डिरेक्टर आयुष न्यौपानेले बोपाराजस्तो अनुभवी खेलाडीको आगमनले टिमको सन्तुलन राम्रो हुने र उनको अनुभव र नेतृत्वदायी क्षमताले ड्रेसिङ रुमलाई फाइदा पुग्ने बताए ।

युवा अलराउण्ड कुशल मल्ल मार्की प्लेअर रहेको चितवनमा भेट्रान खेलाडी शरद भेषावकर पनि छन् । यस्तै प्रशिक्षकमा उमेश पटवाल छन् ।

एनपीएल यही मंसिर १५ गतेदेखि काठमाडौंमा सुरु हुँदै छ ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]