एनपीएल : चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

एनिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार जितका लागि एक सय ७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५४ रनमा समेटियो ।

हारसँगै चितवन एनपिएलबाट बाहिरिएको छ । फाइनल पुग्न विजेता कर्णालीले पहिलो क्वालिफायरको पराजित टोलीसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा आजै लिगको शीर्षटोली सुदूरपश्चिम रोयल्स र दोस्रो टोली जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ ।

चितवनका लागि रवि बोपराले सर्वाधिक ५३ रन बनाए । कप्तान कुशल मल्लले २१, विपिन रावलले १८, लक बेनकेस्टनले १६ र शरद भेषवाकरले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा कर्णालीका जिसन मक्सुदले तीन विकेट लिए । जिसनले पूरा चार ओभर बलिङ गर्दै २६ रन खर्चिएर विकेट लिएका हुन्। कप्तान सोमपाल कामी र नन्दन यादवले दुई दुई तथा विपिन शर्माले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थियो ।

कर्णालीका लागि ओपनर जयकिशन कोल्सावाला र विलियम बसिस्टोले अर्धशतकीय इनिङ्स खेले। कोल्सावालाले ५३ र बोसिस्टोले ५२ रन बनाए । यस्तै चाडविक वाल्टनले अविजित ४६ र जिसन मक्सुदले १४ रन बनाए ।

बलिङमा चितवनका सोहिल तन्विरले दुई विकेट लिए । सरद भेषवाकार, रवि बोपरा र कप्तान कुशल मल्लले एक एक विकेट लिए ।

लिग चरणमा चितवनले सात खेलमा चार जित र तीन हारको नितजासहित आठ अङ्क जोडेर तेस्रो बन्दै प्लेअफमा स्थान बनाएको थियो । कर्णाली पनि सोही नजिता र समान आठ अङ्क जोड्दै नेट रन रेटको आधारमा प्लेअफमा पुगेको थियो ।

यसअघि लिग चरणको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]