एनपीएल : हारसंगै लुम्बिनीको यात्रा सकियो, कर्णालीको प्लेअफ सम्भावना बलियो

नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सको यात्रा पराजयमा अन्त्य भएको छ । आफ्नो अन्तिम खेलमा लुम्बिनीले कर्णाली याक्ससँग ५ रनको साँघुरो हार स्वीकार्यो ।

सहज जितको बाटोमा देखिएको लुम्बिनी अन्तिम ओभरहरूमा लड्खडाउँदा हार स्वीकार्न वाध्य भयो । १८.१ ओभरमा लुम्बिनीका ब्याटर साद बिन जाफर दुर्भाग्यपूर्ण रनआउट भएपछि खेल कर्णालीको पक्षमा मोडिएको थियो । अन्तिम ओभरमा जितको लागि ९ रन आवस्यक हुँदा दायाँ हाते फास्ट बलर नन्दन यादवले कसिलो बलिंग गर्दै मात्र ३ रन खर्चिए। अन्तिम बलमा ६ रन आवस्यक हुँदा लुम्बिनी लायन्सका तिलक भण्डारीले डट बल खेल्न पुगे।

आजको जितले कर्णाली प्लेअफको नजिक पुगेको छ ।

टस जितेर पहिले बलिङ गरेको लुम्बिनीले १२९ रनको लक्ष्य पाएको थियो । लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्रै जोड्न सक्यो ।

लुम्बिनीका लागि टोम मूलेसले सर्वाधिक ३६ रन बनाए । यस्तै, सन्दीप जोराले २४ रन बनाए । आशुतोष घिरैयाले १६, अर्जुन साउदले १३ रन बनाए ।

कप्तान रोहित पौडेल १० रनमा आउट हुँदा साद बिन जफरले १६ रन बनाए । कर्णालीका लागि जीसम मक्सुदले २ विकेट लिए ।

सोमपाल कामी, नन्दन यादव, विलियम बसिस्टो र विपिन शर्माले १(१ विकेट लिए । त्यसअघि कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनायो ।

कर्णालीका लागि विलियम बसिस्टोले सर्वाधि ४४ रन जोडे । अर्जुन घर्तीले २५, बाबर हायातले २० रन बनाए ।

लुम्बिनीका लागि वकास आग्रीले ३, तिलक भण्डारीले २ विकेट लिए । रोहित पौडेल, सादबीन जफर र रामोन सिम्मोन्डस्ले १(१ विकेट लिए ।





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]