एनपीएल : तन्भिरले एनपीएल डेब्युमा ५ विकेट लिंदा चितवनद्वारा काठमाडौँ पराजित

sohail tanvir

नेपाल प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विजयी सुरुवात गर्दै काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ।

टियु मैदान कीर्तिपुरमा ११२ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले १७ बल बाँकी हुँदै लक्ष्य ५ विकेट क्षेतीमा भेटायो।

चितवनको लागि सन्तोष कार्कीले सर्वाधिक २८ रन बनाए जुन क्रममा उनले अविजित रहँदै ३१ बलमा २ चौका र १ छक्का प्रहार गरे। लुक बेन्क्सटिनले २२, हसन इस्खिलले १२ तथा कुशल मल्ल, रभी बोपारा र शरद भेसावकरले अविजित ११ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा ६८ रनमा ५ विकेट गुमेको अवस्थामा सन्तोष कार्की र शरद भेसावकरले छैठौ विकेटको लागि अविजित ४६ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।

काठमाडौँ गुर्खाजको बलिंगमा देब्रे हाते स्पिनर शाहब आलमले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २० रन खर्चिए। गेरहार्ड इरास्मस र ड्यान डोथवेटले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरको काठमाडौँ गुर्खाजले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनायो।

काठमाडौँको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए जुन क्रममा उनले ४१ बलमा १ चौका प्रहार गरे। ओपनर माइकल लेभिटले १६ बलमा २५ रन बनाए जुन क्रममा डच खेलाडीले ४ चौका र १ छक्का प्रहार गरे। ड्यान डथवेटले अविजित १९ रन, शंकर रानाले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पावरप्ले भित्र ४ विकेट गुमाएपछि चितवनले काठमाडौँलाई लगातार दबाबमा राख्यो।

चितवनको बलिंगमा देब्रे हाते पेसर सोहेल तन्भिर एक्लैले ५ विकेट लिए जुन क्रममा पाकिस्तानी खेलाडीले ४ ओभरमा २१ रन खर्चिए। यस्तै रिजन ढकाल, कुशल मल्ल, अमर सिंह रौटेला र लुक बेन्कस्टेनले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सोहेल तन्भिर घोषित भए।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]