एनपीएल : उद्घाटन खेलमा सन्दिपको टिम बिराटनगर जनकपुरसंग ८ विकेटले पराजित

नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा अनिल शाह कप्तानीको जनकपुर बोल्ट्सले विजयी सुरुवात गर्ने क्रममा सन्दिप लामिछाने कप्तानीको टिम बिराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ।

टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा बिराटनगर किंग्सले दिएको १२८ रनको लक्ष्य जनकपुर बोल्ट्सले मात्र २ विकेट गुमाएर १५. ३ ओभरमै भेटायो।

जनकपुरको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका लाहिरु मिलान्थाले सर्वाधिक ७५ रन बनाए जुन क्रममा अविजित रहेका देब्रे हाते ब्याटरले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। हर्ष थाकरले अविजित २९ रन बनाए। ओपनर अनिल शाह ५ तथा आसिफ शेख खाता नखोली आउट भएपछि मिलान्था र थाकरले तेश्रो विकेटको लागि ११६ रनको अविजित साझेदारी गरे।  बिराटनगरको ब्लैंगमा क्रिस सोल र प्रतिश जिसीले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरको बिराटनगर किंग्सले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो।

किंग्सको लागि चर्चित न्युजिल्यान्ड क्रिकेटर समेत रहेका मार्टिन गप्टिलले सर्वाधिक ५५ रन बनाए। त्यस क्रममा दायाँ हाते ब्याटरले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरे। अकिब इल्यासले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एक समय ९६ रनमा मात्र ३ विकेट गुमाएको किंग्सले त्यसपछि लगातार विकेट गुमायो। चौधौं ओभरको अन्तिम बलमा गप्टिललाई अफ स्पिनर हर्ष थाकरले क्याच आउट पारेपछि लगातार विकेट गुम्यो। फलस्वरुप ९६/३ बाट किंग्स ११२/९ को अवस्थामा पुग्यो भने १२७ रनमा सबै विकेट गुमायो।

जनकपुर बोल्ट्सको बलिंगमा देब्रे हाते स्पिनर ललित राजबंशीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए। किशोर महतो र हर्ष थाकरले २/२ विकेट लिए। बेन माइक र मोहम्मद मोहसिनले १/१ विकेट लिए।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]