नेपाल टि-२० को ड्राफ्ट सम्पन्न, कुन टिममा को-को खेलाडी छन्

यही सेप्टेम्बर २४ तारिख देखि काठमाडौंमा सुरु हुने नेपाल टि-ट्वान्टी लिगको खेलाडी चयन गर्न ड्राफ्ट प्रक्रिया सम्पन्न भएको छ। लिगमा सहभागी सबै ६ टिमले ड्राफ्ट मार्फत टिम पुरा गरेका छन्।

काठमाडौंको हायात प्यालेस होटलमा बिहान ११ बजे देखि सुरु भएको ड्राफ्टको दोश्रो दिन बि र सी क्याटेगरिको साथै विदेशी खेलाडीको चयन गरिएको हो। शनिवार पहिलो दिन ए क्याटेगरिका खेलाडीहरुको चयन गरिएको थियो। ए श्रेणीमा बिक्रि नभएका खेलाडीहरु स्वतः ‘बि’ श्रेणीमा झरेका थिए भने ‘बि’ श्रेणीमा पनि बिक्रि नभएका खेलाडीहरु ‘सी’ श्रेणीमा झरेका थिए। ए श्रेणीका खेलाडीहरुको मूल्य १५ लाख रुपैयाँ, बि श्रेणीको १० लाख रुपैयाँ तथा सी श्रेणीको ५ लाख रुपैयाँ रहेको छ।

कुन टिममा को-को छन् खेलाडीहरु 

काठमाडौं गोर्खाज : ज्ञानेन्द्र मल्ल (मार्की), लोकेश बम (बी), बसिर अहमद (बी), कमल सिंह ऐरी (बी),अविनाश बोहरा (बी), अनिल खरेल (सी), सौरभ खनाल (सी), सन्दीप रजाली (सी), सन्तोष कार्की (सी), सुनम गौतम (सी), गौतम केसी (सी) , विदेशी खेलाडीहरु : थिसारा परेरा, दर्शनप्रिया एस विराक्कोडी, कामिन्दु मेन्डीस, भीरन दिपसिंह, धनन्जय डी सिल्भा

पोखरा एभेन्जर्स : आशिफ शेख (मार्की), शरद भेषावकर (ए), कुशल मल्ल(बी), प्रतिश जिसी (बी), आरिफ शेख (बी), तुलबहादुर थापा (सी), विशाल विक्रम केसी (सी), कृष्ण कार्की (सी), बिपिन खत्री (सी), सुमित महर्जन (सी), सिद्धान्त लोहनी (सी) , विदेशी खेलाडीहरु : मोहम्मद हफिज, सेक्कुगे प्रसन्ना, निरोशन डिकवेला, सलमान इर्शाद, शेहान मधुशनाका

विराटनगर सुपर किंग्स : रोहित पौडेल (मार्की), अर्जुन साउद (बी), नन्दन यादव (बी) ,विवेक यादव(बी), साहब आलम (बी), अमरसिंह रौटेला (सी), नारायण जोशी (सी), सूर्य तामाङ(सी), प्रदीप ऐरी (सी), पृथु बास्कोटा(सी), रिजन ढकाल (सी) , विदेशी खेलाडीहरु : एन्जेलो म्याथुज, जोशुवा पर्सुद, आन्द्रे म्याकार्थी, गौरानसु शर्मा, मिनोद रानासिंघे, केओन जोसेफ

लुम्बिनी अल स्टार्स : दीपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), अनिल कुमार शाह (बी), कुशल भुर्तेल (बी), गुल्सन झा (बी), सागर ढकाल (बी), योगेन्द्रसिंह कार्की(सी), किशोर महतो (सी), तिलकराज भण्डारी (सी), सुनिल धमला (सी), आकास चन्द (सी) र ईशान पाण्डे (सी) विदेशी खेलाडीहरु :  बेन कटिंग, रखिम कर्नवाल, प्याट ब्राउन, बिपुल शर्मा, लाहिरु मिलान्था, नुवान तुषारा

जनकपुर रोयल्स : सोमपाल कामी (मार्की), सन्दीप जोरा (बी), आदिल अन्सारी (बी), दीलिप नाथ (बी), ललित नारायण राजवंशी (बी), सुशन भारी (सी), सागर पुन(सी), पवन सरार्फ (सी), जितेन्द्र मुखिया (सी), खडक बोहरा (सी), राजेश पुलामी (सी) , विदेशी खेलाडीहरु : एडम लिथ, ट्रेभोन अबशाई ग्रिफ्थ, इब्राहिम जद्रान, राज रकी नन्नन, सुभसिंगे प्रियंजन

फार वेस्टर्न युनाइटेड : करन केसी (मार्की), विनोद भण्डारी (बी), भीम सार्की(बी), देव खनाल (बी), राशिद खान(बी), दुर्गेश गुप्ता(सी), भुवन कार्की(सी), हरिशंकर शाह(सी), शेर मल्ल(सी), बसन्त कार्काी(सी), प्रकाश जैशी(सी), हसिम अन्सारी(सी)  , विदेशी खेलाडीहरु : कार्लोस ब्राथवेट, दुशन हेमान्था, पुलिन थरंगा, जासोन मोहम्मद, अल्लाह घजानफर, जिया-उल रहमान





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]