टि-२० विश्व कप छनौट एसिया फाइनल खेल्ने १४ सदस्यीय नेपाली टिमको घोषणा

Nepal Cricket Team

आईसीसी टि-२० विश्व कप छनौट ( एसिया फाइनल ) प्रतियोगिता खेल्ने १४ सदस्यीय नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ।

नेपालले जुलाई २२ देखि २८ तारिकसम्म सिंगापुरमा आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) खेल्दै छ। त्यस अघि नेपालले मलेसियामा १३ र १४ जुलाईमा मलेसियासंग २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेल्नेछ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमाझ प्रशिक्षक उमेश पटवाल, कप्तान पारस खड्का र टिम व्यवस्थापक रमन शिवाकोटी उपस्थित हुँदै टिमको घोषणा गरिएको थियो।

नेपाली टिमको घोषणा पहिलो पटक पत्रकार सम्मेलन गरेर गरिएको हो। यस अघि टिम व्यवस्थापक रमन शिवाकोटीले इमेल मार्फत मिडियालाई टिम घोषणा बारे जानकारी गर्ने चलन रहेको थियो।

पारस खड्का कप्तानीको टिममा ज्ञानेन्द्र मल्ल उपकप्तान रहेका छन् भने शरद भेसावकर, बसन्त रेग्मी, सोमपाल कामि, करण केसी, प्रदिप ऐरी, बिनोद भण्डारी, सन्दिप लामिछाने, दिपेन्द्र ऐरी, रोहित पौडेल, ललित राजबंशी, पवन सर्राफ, अविनाश बोहरा रहेका छन्।

यस्तै ४ जना बैकल्पिक खेलाडीहरुमा कुशल भुर्तेल, जितेन्द्र मुखिया, सुशन भारि र आरिफ शेख रहेका छन्।

Sandeep Jora
Sundeep Jora

नेपालले ६ महिना अघि युएई संग सिरिज जित्दा टिममा रहेका खेलाडीहरु भिम शार्की र सन्दिप जोराले टिममा स्थान बनाउन सकेनन्।

यस्तै बन्द सत्र टिममा रहेका अन्य खेलाडी अमित श्रेष्ठ, जितेन्द्र मुखिया, ललित भण्डारी, आरिफ शेख, नन्दन यादब, राजु रिजाल, शाहब आलम, सुशन भारि पनि टिममा छैनन्।

मलेसियासंग १३ र १४ जुलाईमा टि-२० अन्तर्राष्ट्रिय खेलेपछि नेपाल टि-२० विश्वकप छनौट एसिया फाइनल खेल्न सिंगापुर प्रस्थान गर्नेछ। नेपाल सहित आयोजक सिंगापुर, कतार, कुवेत, मलेसिया सहभागी रहेका छन्।

नेपालले २३ जुलाईमा कतारसंग इन्डीयन एसोसिएसन मैदानमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै २४ जुलाईमा मलेसियासंग, २७ जुलाईमा कुवेतसंग र २८ जुलाईमा सिंगापुरसंग खेल्ने तालिका रहेको छ। प्रतियोगिताको सबै खेल इन्डियन एसोसिएसन मैदानमा खेल्नेछ।

नेपाली क्रिकेट टिम हाल टियु मैदान किर्तिपुरमा टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) को तयारीमा व्यस्त रहेको छ। टिमलाई नवनियुक्त प्रशिक्षक उमेश पटवालले प्रशिक्षण गराइरहेका छन्।

टि-२० विश्वकप २०२० कसरि छनौट हुन्छ नेपाल ?

टि-२० विश्वकप एसिया फाइनल प्रतियोगिताको शिर्ष स्थानमा पर्न सके नेपाल ग्लोबल क्वालीफायर खेल्न छनौट हुनेछ। ग्लोबल क्वालिफायर युएईमा अक्टोबर ११ देखि ३ नोभेम्बरसम्म आयोजना हुनेछ।

ग्लोबल क्वालिफायरमा नेपाल यदी छनौट भएको खण्डमा नेपालले विश्वका अन्य क्षेत्रको छनौट प्रतियोगिताबाट आएका ६ वटा टिम सहित स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान, आयरल्याण्ड र आयोजक युएईसंग प्रतिस्पर्धा गर्नेछ।

कुल १४ टिम सहभागी हुने ग्लोबल क्वालिफायरबाट उत्कृस्ट हुने ६ वटा टिम २०२० अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकप खेल्न छनौट हुनेछ।

खेलाडी घोषणा पत्रकार सम्मेलन:





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]