तुषाराले भारतसँगको सिरिज गुमाउने

२०८१ श्रावण ११, शुक्रबार १०:४८

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् ।

तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको थियो । तुषाराको औला भाचिएको छ ।

तुषाराको स्थानमा दिलशान मदुशंकालाई टोलीमा समेटिएको छ ।

तुषारा भारतविरुद्धको सिरिजबाट बाहिरिने श्रीलंकाका दोस्रो तीव्र गतिका बलर हुन् ।

बुधबार मात्र श्रीलङ्काले दुष्मन्था चमीरा बिरामी भएकोका कारण सिरिजबाट बाहिरिएका थिए । चमिराको स्थानमा असिता फर्नान्डोलाई टोलीमा समेटिएको थियो।

तुषाराले विश्वकपमा खेलेका तीन खेलमा आठ विकेट लिएका थिए । यसै वर्षको सुरुमा उनले बंगलादेशविरुद्ध २० रन खर्चेर ५ विकेट लिने क्रममा टी–२० मा ह्याट्रिक गरेका थिए ।

श्रीलंका र भारतबीचको पहिलो टी–२० सिरिज शनिबार हुँदैछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy