न्युजिल्याण्डसंग भारत सहजै पराजित

मे ३० तारिक देखि इंग्ल्याण्डमा सुरु हुने एकदिवसीय विश्वकप अघि आफ्नो पहिलो अभ्यास खेलमा न्युजिल्याण्डसंग भारत ६ विकेटले पराजित भएको छ।

केंनिंगटन ओभल मैदानमा टस जितेर ब्याटिंग गरेको कोहली कप्तानीको भारतले ३९.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १७९ रन बनाएको थियो। १८१ रनको लक्ष्य न्युजिल्याण्डले ४ विकेट गुमाएर ३७.१ ओभरमै पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले पहिलो २ विकेट ३७ रनमा गुमाएपनि तेश्रो विकेटको लागि कप्तान केन विलियमसन र रोस टेलरले शतकीय साझेदारी गर्दै जित सहज बनाएका थिए। विलियमसनले ६७ रन बनाए जुन क्रममा ८७ बलमा ६ चौका र १ छक्का प्रहार गरे। यस्तै टेलरले ७१ रन बनाउन ७५ बलमा ८ चौका प्रहार गरे। हेनरी निकोलसले अविजित १५ रन बनाए।

भारतको लागि बलिंगमा जस्प्रित बुम्राह ( ४-२-२-१ ) , हार्दिक पान्ड्या ( ४-०-२६-१ ) , युझभेन्द्र चाहल ( ६-०-३७-१ ) र रभिन्द्र जडेजा ( ७-०-२७-१ ) ले १/१ विकेट लिए।

जडेजाले जोगाए भारतको लाज 

पहिले ब्याटिंग गर्ने क्रममा भारतले अत्यन्त नाजुक सुरुवात गर्ने क्रममा पहिलो ८ विकेट ११५ रनमै गुमाईसकेको थियो। घाँसे विकेटमा भारतले कमजोर ब्याटिंग गर्दा रोहित शर्मा २ , शिखर धवन २ , बिराट कोहली १८ , लोकेश राहुल ६ रन बनाएर आउट भए भने हार्दिक पान्ड्याले ३० रन ( ३७ बलमा ६ चौका ) तथा महेन्द्रसिंह धोनीले १७ रन ( ४२ बलमा  चौका ) तथा दिनेश कार्तिकले ४ रन बनाए।

आठौँ नम्बरमा ब्याटिंग गर्न आएका रभिन्द्र जडेजाले अर्धशतकीय इनिंग खेल्दै भारतलाई लज्जास्पद योगफल बन्न बाट बचाए। ५० बलअ उनले ६ चौका र २ छक्का प्रहार गरे।

जडेजा र कुलदिप यादबले नवौं विकेटको लागि ६२ रनको साझेदारी गरे। यादबले १९ रन बनाए।

न्युजिल्याण्डको बलिंगमा ट्रेन्ट बोल्टले ४ ( ६.२-१-३३-४ ) तथा जेम्स निशमले ( ६-१-२६-३ ) ३ विकेट लिए। बोल्टले भारतको पहिलो ३ ब्याट्सम्यान रोहित, शिखर र राहुलको विकेट लिएका थिए।

एकदिवसीय विश्वकप अन्तर्गत भारतले आफ्नो पहिलो खेल जुन ५ तारिकमा दक्षिण अफ्रीकासंग खेल्नेछ। न्युजिल्याण्डले जुन १ मा श्रीलंकासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रीका र आयोजक इंग्ल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।

 





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]