सनसनीपूर्ण टेस्टमा पाकिस्तान ४ रनले पराजित

  • विकेटनेपाल , मङ्सिर ३ – सोमबार 

सनसनीपूर्ण पहिलो टेस्टमा पाकिस्तानलाई न्युजिल्याण्डले मात्र ४ रनले पराजित गर्दै ३ टेस्टको सिरिजमा १-० को अग्रता लिएको छ।

अबुधाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न टेस्टको चौथो दिन १७६ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तान जित नजिक पुगेर झिनो अन्तरले पराजित हुन पुग्यो।

न्युजिल्याण्डको ४ रनको जित टेस्ट क्रिकेट इतिहासमै पाँचौ सबैभन्दा थोरै अन्तरको जित हो। सन् १९९३ मा अस्ट्रेलियालाई वेस्ट इन्डिजले एड्लेडमा १ रनले पराजित गर्दै सबैभन्दा थोरै रन अन्तरको जितको रेकर्ड राखेको थियो

तासको पत्ता झैँ ढल्यो पाकिस्तानी इनिंग , २४ रन बनाउन ६ ब्याट्सम्यान आउट 

एक समय सहज जिततर्फ अघि बढेको पाकिस्तानले लक्ष्य पछ्याउने क्रममा १४७/४ को अवस्था थियो जुन बेला जितको लागि मात्र २९ रन आवस्यक थियो। तर पाँचौ विकेटको रुपमा बाबर आजम आउट भएपछि पाकिस्तानले थप २४ रन बनाउदा बाँकी ६ विकेट गुमाउन पुग्यो।

कप्तान सरफराज एहमद ( ३ ) , बिलाल आसिफ ( ० ) , यासिर शाह ( ० ) , हसन अलि ( ० ) लगातार आउट हुँदा अन्तिम आशा बनेका अजहर अलि ६५ रन बनाएर अन्तिम विकेटको रुपमा आउट भएपछि पाकिस्तान निराश बन्यो।

तेश्रो नम्बरमा ब्याटिंगगरेका अलि ले १३६ बलमा ५ चौका प्रहार गर्दै टिमलाई जित नजिक पुर्याए पनि दोश्रो इनिंगको ५९ औं ओभरमा चौथो बलमा एजाज पटेलले एलबिडब्लु धरापमा पार्दै उनको सपना चकनाचुर पारे।


खराब सुरुवात गरेको पाकिस्तानले पहिलो ३ विकेट ४८ रनको योगफलमा गुमाएको थियो जसपछि चौथो विकेटको लागि अजहर अलि र असद शफिकले ८२ रनको साझेदारी गर्दै टिमलाई राम्रो स्थितितर्फ डोर्याएका थिए। शफिक ४५ रन बनाएर आउट भए।

न्युजिल्याण्डको लागि पहिलो टेस्ट खेलीरहेका देब्रे हाते स्पिनर एजाज पटेलले ५ विकेट ( २३.४-४-५९-५ ) हात पारे जुन क्रममा ओपनर इमाम उल हक ( २७ ) , अजहर अलि ( ६५ ) , सरफराज एहमद ( ३ ) , बिलाल आसिफ ( ० ) र हसन अलि ( ० ) लाई पेभेलियन फर्काए। यस्तै इश सोढी र निल वागनरले २/२ विकेट लिए।

पहिलो इनिंगमा पनि २ विकेट लिएका एजाजनै खेलको प्लेयर अफ द म्याच चुनिए।

एजाज पटेलले ५ विकेट ( २३.४-४-५९-५ ) हात पारे

टेस्टको पहिलो इनिंगमा न्युजिल्याण्डले टस जितेर ब्याटिंग गर्दै १५३ रन मात्रै बनाउन सकेको थियो। त्यसपछि ब्याटिंग गरेको पाकिस्तानले २२७ रन बनाउदै ७४ रनको अग्रता लिएको थियो। न्युजिल्याण्डले दोश्रो इनिंगमा २४९ रन बनाएपछि पाकिस्तानले १७६ रनको लक्ष्य पाएको थियो।

न्युजिल्याण्ड पहिलो इनिंग : १५३ ( विलियमसन – ६३ , यासिर शाह – ३ विकेट ) , पाकिस्तान पहिलो इनिंग : २२७ ( बाबर आजम – ६२ , ट्रेन्ट बोल्ट – ४ विकेट ) , न्युजिल्याण्ड दोश्रो इनिंग : २४९ ( वाटलिंग – ५९, हेनरी निकोल्स-५५ , हसन अलि र यासिर शाह – ५/५ विकेट ) , पाकिस्तान दोश्रो इनिंग : १७१ ( अजहर अलि – ६५ , एजाज पटेल – ५ विकेट )

दुई टिम बीच सिरिजको दोश्रो टेस्ट नोभेम्बर २४ देखि दुबईमा तथा तेश्रो टेस्ट डिसेम्बर ३ देखि अबुधाबीमा खेलिनेछ।

यस अघि सम्पन्न ३ एकदिवसीयको सिरिज १-१ को बराबरीमा सकिएको थियो भने ३ टी-२० को सिरिज पाकिस्तानले ३-० ले जितेको थियो।

( फोटोहरु – आईसीसी )





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]