न्युजिल्याण्डको जितमा गुप्टिलको शतक, एकै ओभरमा ५ छक्का हिर्काउदै निशामको किर्तिमान

  • विकेटनेपाल, पुष १९ – बिहिबार 

श्रीलंकाको न्युजिल्याण्ड भ्रमण अन्तर्गत बिहिबार सुरु भएको ३ एकदिवसीय शृंखला अन्तर्गत पहिलो एकदिवसीयमा घरेलु टिम ४५ रनले विजयी भएको छ। यस अघि सम्पन्न २ टेस्टको शृंखला न्युजिल्यान्डले १-० ले जितेको थियो।

बे ओभल मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग रोजेको न्युजिल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर ३७१ रनको योगफल तयार गर्यो। प्रतिउत्तरमा लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले ४९ ओभरमा सम्पूर्ण विकेट गुमाएर ३२६ रन मात्रै बनाउन सक्यो।

न्युजिल्याण्डको लागि इन्जुरी पछि टिममा कम्ब्याक गरेका ओपनर मार्टिन गुप्टिलले शतकीय पारि खेल्दै १३८ रनको इनिंग खेले जुन क्रममा ११ चौका र ५ छक्का प्रहार गरे। एकदिवसीय अन्तर्राष्ट्रियमा ३२ बर्षय गुप्टिलको यो १४ औं शतक हो।

Martin Guptill
Martin Guptill ( ICC )

शतक बनाउने क्रममा गुप्टिलले दोश्रो विकेटको लागि कप्तान केन विलियमसनसंग १६३ रनको साझेदारी गरेका थिए। विलियमसन ७६ रन ( ७४ बलमा ६ चौका ) बनाएर आउट भए। त्यसपछि रोस टेलरले पनि अर्धशतक बनाउने क्रममा ३७ बलमा २ छक्का र ६ चौका हिर्काए।

एकै ओभरमा निशामको ५ छक्का ! इतिहासकै तेश्रो धेरै  

सातौँ नम्बरमा ब्याटिंग गर्न आएका जेम्स निशामले १३ बलमा ६ छक्का मदतले अविजित ४७ रन बनाउने क्रममा थिसारा परेराले गरेको ४९ औं ओभरमा ५ छक्का प्रहार गरे।

Jimmy Neesham
Jimmy Neesham

ओभरको पहिलो ४ बलमा ४ वटा छक्का प्रहार गरेका निशामले परेराले गरेको पाँचौ बल ( नोबल ) मा भने २ रन मात्र बनाउन सके। त्यसपछिको बलमा भने उनले पुनः छक्का प्रहार गरे। अन्तिम बलमा १ रन मात्रै दिएका परेराले ओभरमा कुल ३४ रन खर्चिए। १० ओभर बलिङ्ग गर्ने क्रममा परेराले ८० रन खर्चेर २ विकेट लिए।

एकै ओभरमा धेरै रनको रेकर्ड 

एकदिवसीय क्रिकेट इतिहासमा एकै ओभरमा सर्वाधिक रन दिने बलर नेदरल्याण्डका डान भान बुंगे हुन्। सन् २००७ को बिश्वकपमा दक्षिण अफ्रिकी ब्याट्सम्यान हर्शल गिब्सले उनलाई एकै ओभरमा ६ छक्का हिर्काएका थिए जो एकै ओभरमा धेरै रन बनाउने ब्याट्सम्यान हुन्।

निशामले ३४ रन हिर्काएका बलर थिसारा परेरा एकै ओभरमा धेरै रन बनाउने सुचीमा दोश्रो स्थानमा छन्। परेराले सन् २०१३ मा दक्षिण अफ्रीका बिरुद्ध रोबिन पिटरसनलाई एकै ओभरमा ५ छक्का र १ चौका प्रहार गरेका थिए भने १ वाइड बल सहित ओभरमा ३५ रन आएको थियो। परेराले आफ्नो रेकर्ड भने तोडिन दिएनन्।

निशामले प्रहार गरेको एकदिवसीय इतिहासमै एकै ओभरमा तेश्रो धेरै रन हो। एबि डी भिल्लीयर्सले सन् २०१४ मा वेस्ट इन्डिज बलर जेसन होल्डरलाई पनि ३४ रन प्रहार गरेका थिए जुन रेकर्डको निशामले बराबरी गर्दै समान रुपमा तेश्रो स्थानमा रहेका छन्।

एकै ओभरमा धेरै रन बनेको इतिहास ( एकदिवसीय अन्तर्राष्ट्रिय )  

३६ रन ( ६ ६ ६ ६ ६ ६ ) हर्शल गिब्स ( दक्षिण अफ्रीका ) , बलर – डान भान बुंगे ( नेदरल्याण्ड ) सन् २००७
३५ रन ( ६ विकेट ६ ६ ६ ४ ६ ) थिसारा परेरा ( श्रीलंका ) , बलर – रोविन पिटरसं ( दक्षिण अफ्रीका ) सन् २०१३
३४ रन ( ४-नोबल ६ , २-नोबल ४ ४ ४ २ ६ ) , एबि डी भिल्लियर्स ( द.अफ्रीका ) , बलर जेसन होल्डर ( वेस्ट इन्डिज ) सन् २०१५
३४ रन ( ६ ६ ६ ६ नोबल-२ ६ १ ) , जेम्स निशाम ( न्युजिल्याण्ड )  , बलर – थिसारा परेरा ( श्रीलंका ) , सन् २०१९
३२ रन ( ४ ४ ६ ६ ६ ६ ) , शहिद अफ्रिदी ( पाकिस्तान ) , बलर – मालिंगा बन्डारा ( श्रीलंका ) , सन् २००७

पुरा सुची हेर्नुस 

श्रीलंकाको बलिङ्गमा कप्तान लासिथ मालिंगा ( १०-०-७८-२ ) , नुवान प्रदिप ( ८-०-७२-२ ) ले २/२ विकेट लिए।

परेराको शतक 

लक्ष्य पछ्याउने क्रममा श्रीलंकाको लागि कुशल परेराले १०२ रनको शतकीय इनिंग खेले पनि मध्यक्रमका ब्याट्सम्यानहरु चल्न नसक्दा जितसम्म पुग्न सकेन। परेराले ८६ बलमा १३ चौका र १ छक्का प्रहार गरे। त्यस अघि राम्रो सुरुवात गर्ने क्रममा श्रीलंकन ओपनर निरोशन डिकवेला र दनुश्का गुनथिलाकाले पहिलो विकेटको लागि ११९ रनको साझेदारी गरेका थिए। डिकवेलाले ७६ रन ५० बलमा ३ छक्का र ८ चौका ) र गुनथिलाकाले ४३ रन ( ६२ बलमा ३ चौका ) बनाए।

Kushal Parera
Kushal Parera

न्युजिल्याण्ड बलर जेम्स निशामले ३ विकेट ( ८-०-३८-३ ) तथा इश सोढी ( १०-०-५३-२ ) , लकि फर्गुसन ( १०-०-६५-२ ) र ट्रेन्ट बोल्ट ( १०-०-६५-२ ) ले २/२ विकेट लिए। शतक बनाएका मार्टीन गुप्टिल खेलको प्लेयर अफ द म्याच चुनिए।

सिरिज अन्तर्गत दोश्रो एकदिवसीय जनवरी ५ तारिकमा र तेश्रो एकदिवसीय जनवरी ८ तारिकमा खेलिनेछ। जनवरी ११ तारिकमा १ मात्र टि-२० खेल खेलिने तालिका रहेको छ।





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]