टेलर शतक बनाउन चुके, न्युजिल्याण्डद्वारा भारतलाई २४५ रनको लक्ष्य

  • विकेटनेपाल, माघ-१४ , सोमबार 

न्युजिल्याण्डमा जारि ५ एकदिवसीयको सिरिज अन्तर्गत तेश्रो एकदिवसीयमा न्युजिल्याण्डले टस जितेर ब्याटिंग गर्दै भारतलाई २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

यस अघि सम्पन्न २ वटा एकदिवसीय भारतले क्रमसः ८ विकेट र ९० रनले जितीसकेको हुँदा सिरिजमा सम्भावना कायम राख्न घरेलु टिमलाई जित आवस्यक रहेको छ। आज भारत जिते २ खेल अगावै सिरिज जित्नेछ।

बे ओभल मैदानमा न्युजिल्याण्डको सुरुवात राम्रो हुन सकेन र पहिलो ३ विकेट ५९ रनमा गुमाउन पुग्यो। मार्टिन गुप्टिल १३, कोलिन मुनरो ७ तथा कप्तान केन विलियमसन २८ रन बनाएर आउट भए।

चौथो विकेटको लागि रोस टेलर र टम लाथमले शतकीय साझेदारी गर्दा न्युजिल्याण्ड सम्हालियो। लाथम अर्धशतक बनाएर ५१ रनमा आउट भए। उनले ६४ बलमा १ चौका र १ छक्का प्रहार गरे।

लाथमको विकेटपछि तल्लो क्रमको ब्याट्सम्यानहरुले लगातार विकेट गुमाए भने शतक बाट ७ रन टाढा रहंदा टेलर पनि ९३ रन बनाएर आउट भए। उनले १०६ बलमा ९ चौका प्रहार गरे।

१७८/४ बाट ६५ रन बनाउदा बाँकी ६ विकेट गुमाउन पुग्दा न्युजिल्याण्ड ४९ ओभरमा २४३ रनमा समेटिन पुग्यो।

भारतको लागि मोहम्मद शामीले सर्वाधिक ३ विकेट ( ९-०-४१-३ ) तथा भुवनेश्वर कुमार ( १०-१-४६-२ ) , युज्भेंद्र चहल ( ९-०-५१-२ ) र हार्दिक पान्ड्या ( १०-०-४५-२ ) ले २/२ विकेट लिए। कुलदिप यादब ( ९-०-३९-० ) विकेट विहिन रहे।

जारि खेलमा भारतको अन्तिम-११ मा महेन्द्र सिंह धोनीको स्थानमा हार्दिक पान्ड्यालाई खेलाईएको छ।

 





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]