न्युजिल्यान्डले स्पिनर नखेलाउदा वार्न निराश, वार्नलाई सलमान बटको प्रश्न

२०७८ असार ६, आईतवार ११:०२

अस्ट्रेलियन महान क्रिकेटर शेन वार्नले वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलमा न्युजिल्यान्डले स्पिनरलाई मौका नदिएकोमा आलोचना गरेका छन्। भारत र न्युजिल्यान्ड बीचको फाइनल खेलको शुक्रबार पहिलो दिनको खेल वर्षाले रद्द भएपछि शनिवार सुरु भएको हो।

ओभरकास्ट कन्डीसनमा न्युजिल्यान्डले टस जितपछि पहिले बलिंग रोजेको थियो जुन क्रममा अन्तिम एघारमा पाँच जना फास्ट बलिंग बिकल्प ( कायल जेमीसन, निल वाग्नर, टिम साउदी, ट्रेन्ट बोल्ट र कोलिन डी ग्रयाण्डहोम ) राखेको थियो। किवी टिमले एक जना पनि स्पिनरलाई मौका दिएन भने अर्कोतर्फ भारतले रभीचन्द्रन आश्विन र रभीन्द्र जडेजालाई समाबेश गर्यो।

ट्वीटरमार्फत न्युजिल्यान्डको स्पिनर नखेलाउने रणनीतिको आलोचना गर्दै वार्नले पिचले स्पिनरलाई सहयोग गर्ने र यदी भारतले २७५ देखि ३०० सम्मको योगफल पर गरेको खण्डमा न्युजिल्यान्ड टेस्टमा पछि पर्ने बताएका हुन्।

“न्युजिल्यान्डले वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलमा स्पिनर नखेलाउनु निकै निराशाजनक छ। यो विकेटले स्पिनरलाई सहयोग गर्नेछ , विकेटमा अहिलेनै फुट मार्क देखिन थालीसकेको छ। याद गर्नुस यदी सिम हुन्छ भने स्पिन पनि हुन्छ। भारतले २७५/३०० रन भन्दा बढी रन बनाएको खण्डमा म्याच जित्नेछ , यदी मौसमले वाधा नपुर्याए।” वार्नले बताए।


पूर्व पाकिस्तानी क्रिकेटर सलमान बटले भने न्युजिल्यान्डले स्पिनर अन्तिम एघारमा संलग्न नगर्ने निर्णयको रक्षा गरेका छन्। एक युट्युब च्यानलमा बोल्ने क्रममा बटले न्युजिल्यान्डसंग स्तरीय स्पिनर नरहेको तथा भारतले स्पिन राम्रो खेल्ने हुनाले न्युजिल्यान्डले उक्त निर्णय लिएको बताएका छन्।

“पिचमा आद्रता भएको खण्डमा पनि बल स्पिन गर्न सक्छ। भारतीय टिमसंग रभीचन्द्रन आश्विन र रभिन्द्र जडेजा जस्ता स्पिनरछन् जसले परिस्थितिमा ढलेर विकेट लिन सक्छन्। न्युजिल्यान्डसंग विश्वस्तरीय स्पिनर छैन भने अर्को कुरा भारतले स्पीन राम्रो खेल्न सक्छ। त्यसैले न्युजिल्यान्डले यही दुई कुरा ध्यानमा राखेर यो निर्णय लिएको हो।” बटले बताए।

“शेन वार्नले न्युजिल्यान्डको निर्णयको बिरोध त गरे तर उनले बताएनन् कि कुन स्पिनर खेलाउनु पर्छ भनेर। एजाज पटेल वा मिचेल स्यान्टनर जो राम्रो फर्ममा छैनन् जसकारण १५ सदस्यीय टिममा समेत राखिएको छैन। पाकिस्तान बिरुद्ध उनले पुछारको ब्याट्सम्यानको विकेट लिएका थिए मुख्य ब्याट्सम्यानको हैन। जसरि भारत स्पिनर माथि हावी हुने गर्छ, उन्हारूले स्यान्टनरको १० ओभरमा ६०-७० रन बनाउन सक्थे। न्युजिल्यान्डले आफ्नो बलियो पक्षमा अडिग रह्यो जसरि भारतले”

“शेन वार्न पक्कै महान स्पिन बलर हुन् उनले पक्कै केहि सोचेका होलान्। तर जे होस् मेरो लागि न्युजिल्यान्डले भारतीय ब्याटिंग लाइन अप बिरुद्ध स्पिनर खेलाएर ठूलो रिस्क लिन चाहेन।”

टेस्टको दोश्रो दिन समाप्तिमा भारतले १२० रन बनाउदा ३ विकेट गुमाएको छ। बिराट कोहली ४४ तथा अजिंके रहाने २९ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

सम्बन्धित

WTC FINAL : लगातार विकेट पछि भारत सम्हालियो, अर्धशतक नजिक कोहली

नयाँ कीर्तिमान बनाउदै विश्वकै एक मात्र खेलाडी बने कोहली

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy