T20WC : न्युजिल्यान्ड सेमीफाइनलमा, भारत र अफगानिस्तान बाहिरियो

जित्नै पर्ने खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड टि-ट्वान्टी विश्वकप २०२१ को सेमीफाइनल पुग्ने चौंथो टिम बनेको छ। शेख जायद स्टेडियम, अबुधाबीमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्युजिल्यान्डले मात्र २ विकेट क्षेतीमा १८.१ ओभरमै भेटायो।

न्युजिल्यान्डको जितसंगै अफगानिस्तान तथा एक खेल खेल्न बाँकी रहेको भारत सेमीफाइनल पुग्ने सम्भावना समाप्त भएको छ। यस अघि समुह ‘१’ बाट इंग्ल्यान्ड र अस्ट्रेलिया तथा समुह ‘२’ बाट पाकिस्तान सेमीफाइनल प्रवेश गरिसकेको छ। आजै हुने दोश्रो खेलमा पाकिस्तान र स्कटल्याण्ड बीचको खेलपछि सेमीफाइनलमा प्रतिस्पर्धा गर्ने टिमको टुंगो लाग्नेछ।

लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डको ब्याटिंगमा कप्तान केन विलियमसनले सर्वाधिक ४० रन बनाए जुन क्रममा ४२ बलमा ३ चौका प्रहार गरे। डेभोन कनवेले अविजित ३६ रन बनाए जुन क्रममा  ३१ बलमा ४ चौका प्रहार गरे। मार्टिन गप्टिलले २८ तथा डेरेल मिचेलले १७ रन बनाए। ५७ रनमा २ विकेट गुमाएको अवस्थामा विलियमसन र कनवेले अविजित ६८ रनको साझेदारी गरे। अफगानिस्तान बलर मुजिब उर् रहमान ( ४-०-३१-१ ) र राशिद खान ( ४-०-२७-१ ) ले समान एक विकेट लिए।

टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट क्षेतीमा १२४ रन बनाएको थियो।उसको लागि नजिबुल्लाह जद्रानले सर्वाधिक ७३ रन बनाए जुन क्रममा ४८ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। जद्रानको स्कोर टि-२० विश्वकपमा अफगानिस्तान ब्याट्सम्यानको सर्वाधिक स्कोर हो। गुल्बदिन नैबले १५ तथा कप्तान मोहम्मद नाबीले १४ रन बनाए। १९ रनमा ३ विकेट गुमाएको अवस्थामा जद्रानले नैबसंग ३७ तथा नाबीसंग ५९ रनको साझेदारी गरे।

न्युजिल्यान्ड बलर ट्रेन्ट बोल्टले ३ विकेट ( ४-०-१७-३ ) तथा टिम साउदीले २ विकेट ( ४-०-२४-२ ) लिए। जेम्स निशम ( ४-०-२४-१ ), एडम मिल्ने ( ४-०-१७-१ ) र इश सोढीले ( २-०-१३-१ ) समान एक विकेट लिए।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]