न्युजिल्यान्डको टि-२० विश्वकप टोलि घोषणा, टेलर बाहिर

२०७८ श्रावण २६, मंगलवार ०८:४४

अक्टोबर १७ तारिख देखि युएई र ओमानमा आयोजना हुने टि-ट्वान्टी विश्वकपको लागि न्युजिल्यान्ड क्रिकेटले सोमबार केन विलियमसनको कप्तानीमा १५ सदस्यीय टोलिको घोषणा गरेको छ।

घोषित टोलिमा भेट्रान ब्याट्सम्यान रोस टेलरलाई तथा अलराउण्डर कोलिन डी ग्रयाण्डहोमलाई टिममा समाबेश गरिएको छैन। १०२ टि-२० अन्तर्राष्ट्रिय खेलेका टेलरले गत वर्ष नोभेम्बरमा वेस्ट इन्डिज बिरुद्ध घरेलु मैदानमा खेले देखि न्युजिल्यान्डको लागि छोटो फर्म्याट खेलेका थिएनन्। डी ग्रयाण्डहोमले भारत बिरुद्ध गत वर्ष जनवरीमा अन्तिम पटक टि-ट्वान्टी खेलेका थिए।

न्युजिल्यान्डले टिममा तिन जना स्पिनर – मिचेल स्यान्टनर, इश सोढ़ी र टोड एसलेलाई समाबेश गरेको छ। यस्तै टिममा ट्रेन्ट बोल्ट, टिम साउदी, लकी फर्गुसन र कायल जेमिसन गरि चारजना मुख्य पेसर रहेका छन्। टिममा अलराउण्डरको रुपमा जेम्स निशम र ड्यारिल मिचेल रहेका छन्। टिममा पेसर एडम मिल्नेलाई अतिरिक्त खेलाडीको रुपमा राखिएको छ जो टिमसंग युएई पुग्नेछन्।


घोषित टिम : केन विलियमसन ( कप्तान ) , टोड एसल, ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभोन कनवे, लकी फर्गुसन, मार्टिन गप्टिल, कायल जेमीसन, ड्यारिल मिचेल, जिम्मी निशम, ग्लेन फिलिप्स, मिचेल स्यांटनर, टिम सेफर्ट ( विकेटकिपर ) , इश सोढ़ी र टिम साउदी

न्युजिल्यान्डका खेलाडीहरुले विश्वकप अघि युएईमा सेप्टेम्बरमा आयोजना हुने आईपीएल २०२१ को बाँकी खेलहरु पनि खेल्ने न्युजिल्यान्ड बोर्डले बताएको छ। घोषित १५ सदस्यीय टोलिले विश्वकप अघि भारत बिरुद्ध तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज पनि खेल्नेछ।

न्युजिल्यान्डले अगस्ट २३ तारिख देखि एसिया यात्रा सुरु गर्नेछ जसको सुरुवात बंगलादेशसंग पाँच खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिजबाट हुनेछ जसको नेतृत्व टम लाथमले गर्नेछन्। यस्तै टि-२० विश्वकपको टिममा समाबेश भएका खेलाडीहरु बंगलादेश भ्रमणमा टिममा हुने छैनन्। बंगलादेश भ्रमणको लागि न्युजिल्यान्डले अनक्याप्ड खेलाडीहरु समाबेश गर्दै १६ सदस्यीय टोलि चयन गरेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy