आठ टिम आगामी टि-२० विश्वकपको सुपर-१२ चरणमा, यस्तो छ नेपालको विश्वकप पुग्ने बाटो

आगामी संस्करणको टि-ट्वान्टी विश्वकप अस्ट्रेलियामा २०२२ अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा आयोजना हुँदैछ। उक्त विश्वकपको सुपर-१२ चरण खेल्न स्वतः छनोट हुने टिमहरुको टुंगो लागेको छ।

युएईमा जारी विश्वकपबाट ८ वटा टिमहरु २०२२ टि-२० विश्वकपको सुपर-१२ चरणमा स्वतः छनोट भएका छन्। उक्त ८ टिमहरु अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रीका, अफगानिस्तान र बंगलादेश हुन्।

नोभेम्बर १५ तारिखसम्मको टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियताको आधारमा टिमहरु छनोट भएका हुन्। अस्ट्रेलियासंग अन्तिम खेलमा हार पछि वेस्टइन्डिज वरियताको दशौँ नम्बरमा खस्किएको थियो। श्रीलंका नवौं स्थानमा छ। अफगानिस्तान सातौँ र बंगलादेश आठौँ स्थानमा छ।टि-२० अन्तर्राष्ट्रिय वरियतामा उत्कृस्ट ६ टोलिहरु क्रमशः इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रीका र अस्ट्रेलिया रहेका छन्।   नोभेम्बर १५ सम्म यो वरियतामा परिवर्तन हुनेछैन।

बंगलादेशले सुपर-१२ चरणमा सबै पाँच खेल हार बेहोरेता पनि विश्वकप अघि घरेलु सिरिजमा अस्ट्रेलिया र न्युजिल्यान्डलाई पराजित गर्नु उसको लागि वरदान सावित भयो। वेस्टइन्डिजले विश्वकपमा ५ मध्ये ४ वटा खेल हार्यो।

वेस्टइन्डिजसंगै श्रीलंका, नामिबिया र स्कटल्याण्डले २०२२ विश्वकपमा पहिलो चरणबाट यात्रा सुरु गर्नेछ। आयरल्याण्ड, नेदरल्याण्ड, ओमान र पपुवा न्यु गिनीले भने ग्लोबल छनोट प्रतियोगिता खेल्नुपर्नेछ।

टि-२० विश्वकप २०२२ मा छनोट हुने अन्य ४ टिमहरु आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगिताले निर्धारण गर्नेछ। नेपाल वरियताको आधारमा एसिया छनोट नखेली ग्लोबल छनोट पुगीसकेको छ। नेपाल लगायत जिम्बाब्वे, सिंगापुर र युएई वरियताको आधारमा स्वतः ग्लोबल छनोट प्रतियोगिता खेल्न छनोट भैसकेको छ। यस्तै जर्सी, फिलिपिन्स, हंगकंग, बहराईन र जर्मनी पनि ग्लोबल छनोट पुगीसकेका छन्। अन्य दुई टिमको टुंगो लाग्न बाँकि छ।

ग्लोबल क्वालीफायरमा सहभागी १६ टिमहरुलाई दुईवटा समुहमा बिभिजन गरि छुट्टाछुट्टै ग्लोबल क्वालीफायर खेलाइनेछ जसबाट २/२ टिम विश्वकप खेल्न छानिनेछन्। ग्लोबल क्वालीफायर २०२२ फेब्रुअरी र मे महिनामा खेलिने बताईएता पनि आयोजनास्थल र मिति सार्वजनिक भएको छैन।





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]