काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा शनिबार बिहान चौधौं खेल हुदैछ ।
नवौं संस्करणको विश्वकपको चौधौं खेलमा समूह सी मा रहेका न्युजिल्यान्ड र अफगानिस्तानबीच खेल हुदैछ । यस खेल नेपाली समय अनुसार शनिबार बिहान सवा पाँच मा वेस्ट इन्डिजको गुयनामा हुदैछ ।
पहिलो खेलमा युगान्डालाई पराजित गरेको अफगानिस्तान आफ्नो दोस्रो खेलमा समेत जितको खोजीमा रहेको छ । उता, यस संस्करणको पहिलो खेल खेल्दै गरेको न्युजिल्यान्ड जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छ ।
नवौं संस्करणको विश्वकपमा पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह सी मा न्युजिल्यान्ड र अफगानिस्तानका अलावा पपुवा न्यु गिनी (पीएनजी), वेस्ट इन्डिज, न्युजिल्यान्ड तथा समूह ए मा क्यानडा, अमेरिका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् ।
समूह बी मा नामिबिया, ओमान, अस्ट्रेलिया, इंग्ल्यान्ड, स्कटल्यान्ड तथा समूह डी मा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । सुपर आठका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।
सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।
नेपालले दोस्रो खेल श्रीलंकासँग १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ ।
