टि-२० विश्वकप : अस्ट्रेलिया बिरुद्ध न्युजिल्यान्डको कीर्तिमानी विशाल जित

आयोजक तथा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई रेकर्ड अन्तरले पराजित गर्दै न्युजिल्यान्डले टि-२० विश्वकपमा शानदार सुरुवात गरेको छ।

सिड्नी क्रिकेट ग्राउण्डमा न्युजिल्यान्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १७.१ ओभरमा १११ रन मात्र बनाउन सक्यो। ८९ रनको जित अस्ट्रेलिया बिरुद्ध न्युजिल्यान्डको इतिहासकै ठूलो टि-२० जित हो। यस अघि अस्ट्रेलिया बिरुद्ध न्युजिल्यान्डको विशाल जित ५३ रनको थियो। यो जित न्युजिल्यान्डको टि-२० अन्तर्राष्ट्रिय इतिहासकै पाँचौ ठूलो जित हो।

पावरप्लेको ओभरमा ३ विकेट गुमाएपछि अस्ट्रेलिया कुनै पनि बेला खेल्नमा फर्कन सकेन। उसको लागि ग्लेन म्याक्सवेलले सर्वाधिक २८ तथा प्याट कमिन्सले २१ रन बनाए।

न्युजिल्यान्ड बलर मिचेल स्यान्टनर र टिम साउदीले समान ३ विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट लिए। लकी फर्गुसन र इश सोढ़ीले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको न्युजिल्यान्डले २० ओभरमा ३ विकेट क्षेतीमा २०० रन बनायो। न्युजिल्यान्ड ओपनर डेभोन कनवेले अविजित ९२ रन बनाए जुन क्रममा ५८ बलमा ७ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर फिन एलेनले मात्र १६ बलमा ५ चौका र ३ छक्का मद्दतले ४२ रन बनाए। एलेन र कनवेले ४.१ ओभरमा ५६ रनको ओपनिंग साझेदारी गरे। जेम्स निशमले अविजित २६, कप्तान केन विलियमसनले २३ रन बनाए।

अस्ट्रेलियाको लागि जोश हेजलवुडले २ तथा एडम जाम्पाले १ विकेट लिए।

सुपर-१२ चरण अन्तर्गत आज हुने दोश्रो खेलमा ४:४५ बजे बेलुका अफगानिस्तान र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्नेछन्।

सुपर-१२ चरणको समुह ‘१’ मा अफगानिस्तान, अस्ट्रेलिया, आयरल्याण्ड, न्युजिल्यान्ड र श्रीलंका छन् भने समुह ‘२’ मा बंगलादेश, भारत, नेदरल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका र जिम्बाब्वे छन्। सबै टिमले एक अर्का बिरुद्ध १/१ खेल खेले पछि समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy