हेनरीले उत्कृस्ट बलिंग गर्दा २४४ रनमा समेटियो बंगलादेश

आईसीसी एकदिवसीय विश्व कप क्रिकेट अन्तर्गत नवौं खेलमा बंगलादेश र न्युजिल्याण्डले प्रतिस्पर्धा गरिरहेका छन्।

केंनिंगटन ओभल मैदानमा टस जितेर न्युजिल्याण्डले बलिंग गरेपछि ब्याटिंग गरेको बंगलादेशले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४४ रनको योगफल तयार गरेको छ।

बंगलादेशको लागि शकिब अल हसनले सर्वाधिक ६४ रन ( ६८ बलमा ७ चौका ) बनाए। अन्य ब्याट्सम्यानले सुरुवात राम्रो गरे पनि ठुलो योगफलमा परिणत गर्न सकेनन्। मोहम्मद सैफुद्दीनले २९, मोहम्मद मिथुनले २६, सौम्य सरकारले २५, तामिम इकबालले २४ रन तथा महमदुल्लाहले २० रन बनाए।

न्युजिल्याण्डको बलिंगमा म्याट हेनरीले सर्वाधिक ४ विकेट ( ९.२-०-४७-४ ) लिए भने ट्रेन्ट बोल्टले २ ( १०-०-४४-२ ) , लकी फर्गुसन, कोलिन डी ग्राण्डहोम र मिचेल स्यान्टनरले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत यस अघि न्युजिल्याण्डले पहिलो खेलमा श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो। बंगलादेशले पनि दक्षिण अफ्रीकालाई २१ रनले पराजित गर्दै जित दर्ता गरिसकेको छ।





थप समाचार

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]