हेनरीले उत्कृस्ट बलिंग गर्दा २४४ रनमा समेटियो बंगलादेश

२०७६ जेष्ठ २२, बुधबार २२:०४

आईसीसी एकदिवसीय विश्व कप क्रिकेट अन्तर्गत नवौं खेलमा बंगलादेश र न्युजिल्याण्डले प्रतिस्पर्धा गरिरहेका छन्।

केंनिंगटन ओभल मैदानमा टस जितेर न्युजिल्याण्डले बलिंग गरेपछि ब्याटिंग गरेको बंगलादेशले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४४ रनको योगफल तयार गरेको छ।

बंगलादेशको लागि शकिब अल हसनले सर्वाधिक ६४ रन ( ६८ बलमा ७ चौका ) बनाए। अन्य ब्याट्सम्यानले सुरुवात राम्रो गरे पनि ठुलो योगफलमा परिणत गर्न सकेनन्। मोहम्मद सैफुद्दीनले २९, मोहम्मद मिथुनले २६, सौम्य सरकारले २५, तामिम इकबालले २४ रन तथा महमदुल्लाहले २० रन बनाए।

न्युजिल्याण्डको बलिंगमा म्याट हेनरीले सर्वाधिक ४ विकेट ( ९.२-०-४७-४ ) लिए भने ट्रेन्ट बोल्टले २ ( १०-०-४४-२ ) , लकी फर्गुसन, कोलिन डी ग्राण्डहोम र मिचेल स्यान्टनरले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत यस अघि न्युजिल्याण्डले पहिलो खेलमा श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो। बंगलादेशले पनि दक्षिण अफ्रीकालाई २१ रनले पराजित गर्दै जित दर्ता गरिसकेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy