न्युजिल्याण्डलाई सजिलै जित्न दिएन बंगलादेशले

रोमान्चक खेलमा बंगलादेशलाई २ विकेटले पराजित गर्दै न्युजिल्याण्ड जारि विश्वकपमा लगातार दोश्रो जित हात पारेको छ। यस अघि श्रीलंकालाई १० विकेटले एकतर्फी ढंगले पराजित गरेको न्युजिल्याण्डले बंगलादेशलाई पराजित गर्न भने संघर्ष गर्नुपर्यो।

केंनिंगटन ओभल मैदानमा टस जितेर न्युजिल्याण्डले बलिंग रोजेपछि ब्याटिंग गर्दै बंगलादेशले ४९.२ ओभरमा २४४ रन बनाएको थियो।

२४५ रनको लक्ष्य पछ्याउने क्रममा ओपनर मार्टिन गुप्टिल २५ र कोलिन मुनरो २४ रन बनाएर आउट हुँदा ५५/२ पुगेको न्युजिल्याण्डलाई तेश्रो विकेटको लागि कप्तान केन विलियमसन र रोस टेलरले १०५ रनको साझेदारी गर्दै उकासे।

तर ३२ औं ओभरमा मेहदी हसनले २ विकेट लिंदै बंगलादेशलाई खेलमा फर्काए। विलियमसन ४० र टम लाथम खाता नखोली आउट हुन पुगे। त्यसपछि ८२ रन बनाएर टेलर पनि केहि बेरमा पेभेलियन फर्किंदा बंगलादेशले खेलमा हावी हुने मौका पायो। टेलरले ९१ बलमा ९ चौका प्रहार गरे।

१९१/५ ( ३८.३ ओभर ) को अवस्थाबाट कोलिन डी ग्रयाण्डहोम र जेम्स निशामले २७ रनको साझेदारी गर्दै योगफल २०० पार गरे। तर ग्रयाण्डहोम १५ र निशाम २५ रन बनाएर लगातार आउट हुन पुग्दा खेल रोमान्चक स्थितिमा पुग्यो।

२१८/७ पछि म्याट हेनरी र स्यानटनरले २० रनको साझेदारी गर्दै मुस्किल अवस्थाबाट टिमलाई उकास्न खोजे। ४७ औं ओभरमा हेनरी ६ रन बनाएर आउट भए जुन बेला न्युजिल्याण्डलाई जित्न अझै  ७ रन आवस्यक थियो र हातमा थियो २ विकेट।

त्यसपछि बंगलादेशले विकेट निकाल्न सकेन र स्यानटनरले १२ बलमा २ चौका मदतले अविजित १७ रन तथा लकी फर्गुसनले अविजित ४ रन बनाउदै टिमलाई ४८ औं ओभरमा जित सम्म पुर्याए।

बंगलादेशको लागि मेहदी हसन ( १०-०-४७-२ ) , शाकिव अल हसन ( १०-०-४७-२ ) , मोहम्मद सैफुदीन ( ७-०-४१-२ ) र मोसद्देक हुसेन ( ८-०-३३-२ ) ले राम्रो बलिंग गरे पनि जित भने दिलाउन सकेनन्।

खेलको प्लेयर अफ द म्याच रोस टेलर चुनिए।

यस अघि पहिले ब्याटिंग गर्ने बंगलादेशको लागि शाकिब अल हसनले सर्वाधिक ६४ रन ( ६८ बलमा ७ चौका ) बनाएका थिए। अन्य ब्याट्सम्यानले सुरुवात राम्रो गरे पनि ठुलो योगफलमा परिणत गर्न सकेनन्। मोहम्मद सैफुद्दीनले २९, मोहम्मद मिथुनले २६, सौम्य सरकारले २५, तामिम इकबालले २४ रन तथा महमदुल्लाहले २० रन बनाए।

न्युजिल्याण्डको बलिंगमा म्याट हेनरीले सर्वाधिक ४ विकेट ( ९.२-०-४७-४ ) लिए भने ट्रेन्ट बोल्टले २ ( १०-०-४४-२ ) , लकी फर्गुसन, कोलिन डी ग्राण्डहोम र मिचेल स्यान्टनरले १/१ विकेट लिए।

स्कोरकार्ड , अंकतालिका 

विश्वकप अन्तर्गत बुधबार सम्पन्न अर्को खेलमा भारतले दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गर्यो। आज दशौँ खेल अन्तर्गत अस्ट्रेलिया र वेस्टइन्डिजले प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]