न्युजिल्याण्डसंग इंग्ल्याण्डको हार चाहन्छ पाकिस्तान, जितले इंग्ल्याण्ड सेमीफाइनलमा

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप लिग चरणको अन्त्य तिर पुगेको छ। लिग चरणमा मात्र ५ खेल बाँकी रहेका छन् र सबै १० टिमले १/१ खेल खेल्न बाँकी रहेको छ।

मंगलबार राति भारत बंगलादेशलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गर्यो। यस अघिनै अस्ट्रेलिया सेमीफाइनलमा पुगीसकेको छ।

सेमीफाइनल दौडबाट अफगानिस्तान, वेस्टइन्डिज, दक्षिण अफ्रीका, श्रीलंका र बंगलादेश बाहिरिसक्दा अब न्युजिल्याण्ड, इंग्ल्याण्ड र पाकिस्तान गरि ३ टिम मध्ये २ टिमले सेमीफाइनलमा स्थान बनाउनेछ।

अंकतालिका 

लिग चरणका बाँकी खेलहरु –

जुलाई ३ ( आज ) – इंग्ल्याण्ड Vs न्युजिल्यान्ड
जुलाई ४ – अफगानिस्तान Vs वेस्टइन्डिज
जुलाई ५ – पाकिस्तान Vs बंगलादेश
जुलाई ६ – श्रीलंका Vs भारत र अस्ट्रेलिया Vs दक्षिण अफ्रीका

इंग्ल्याण्ड र न्युजिल्याण्ड खेल्दै , यस्तो छ सेमीफाइनलको समीकरण 

सेमीफाइनल प्रवेश गर्ने तेश्रो टिम तय गर्न महत्वपूर्ण खेलमा आज दिउसो ३:१५ बजे आयोजक इंग्ल्याण्ड र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन्। आज जुन टिमले जित्छ त्यो टिमले सेमीफाइनलमा स्थान पक्का गर्नेछ। पाकिस्तानको लागि पनि आजको खेल महत्वपूर्ण रहेको छ।

इंग्ल्याण्ड सेमीफाइनल पुग्न : 

न्युजिल्याण्डललाई जिते इंग्ल्याण्ड सेमीफाइनल पुग्नेछ। यदी आज हारेको खण्डमा सेमीफाइनल पुग्न पाकिस्तानले बंगलादेशसंग हार बेहोर्नुपर्छ। आज इंग्ल्याण्ड हार्यो र पाकिस्तानले बंगलादेशलाई पराजित गर्यो भने पाकिस्तान सेमीफाइनल पुग्नेछ।

न्युजिल्याण्ड सेमीफाइनल पुग्न : 

इंग्ल्याण्डलाई जिते न्युजिल्याण्ड सेमीफाइनल प्रवेश गर्नेछ।

इंग्ल्याण्डसंग पराजित भएमा पनि यदी पाकिस्तानलाई बंगलादेशले पराजित गरेमा न्युजिल्यान्ड सेमीफाइनल पुग्नेछ। आज न्युजिल्याण्ड हार्यो र पाकिस्तानले बंगलादेशलाई पराजित गर्यो भने पाकिस्तान र न्युजिल्याण्डको समान ११ अंक हुनेछ र नेट रन रेटमा अघि हुने टिम सेमीफाइनल पुग्नेछ। नेट रन रेटमा न्युजिल्याण्ड निकै अघि ( +०.५७२ ) छ भने पाकिस्तानको कमजोर नेट रन रेट ( -०.७९२ ) रहेको छ। यो स्थितिमा बंगलादेशलाई पाकिस्तानले विशाल अन्तरले पराजित गर्नुपर्नेछ।

पाकिस्तान सेमीफाइनल पुग्न 

इंग्ल्याण्डलाई न्युजिल्याण्डले पराजित गर्ने र साथै पाकिस्तानले बंगलादेशलाई पराजित गरे पाकिस्तान सेमीफाइनल पुग्नेछ।

इंग्ल्याण्डलाई न्युजिल्याण्डले पराजित गर्यो भने इंग्ल्याण्डको मात्र १० अंक हुनेछ। यसो भए पाकिस्तानले बंगलादेशलाई पराजित गरे ११ अंक बटुल्दै पाकिस्तान सेमीफाइनल प्रवेश गर्नेछ।

आज इंग्ल्याण्डले जित्यो र पाकिस्तानले बंगलादेशलाई पराजित गरे न्युजिल्याण्ड र पाकिस्तानको समान ११ अंक हुनेछ। यो अवस्थामा नेट रन रेटमा न्युजिल्याण्ड र पाकिस्तानको सेमीफाइनल भबिष्य तय हुनेछ।

तपाईको विचारमा को पुग्ला सेमी फाइनल ? कमेन्ट गर्नुहोला





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]