यादवको शतकमा न्युजिल्यान्ड विरुद्ध भारतको शानदार जित

सूर्यकुमार यादवको शतक मद्दतले घरेलु टोलि न्युजिल्यान्डलाई ६५ रनले पराजित गर्दै भारतले तिन खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ। सिरिजको पहिलो खेल वर्षाका कारण टस समेत नभई रद्द भएको थियो।

बे ओभल मैदानमा भारतले दिएको १९२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८.५ ओभरमा १२६ रन मात्र बनायो। न्युजिल्यान्डको लागि कप्तान केन विलियमसनले सर्वाधिक ६१ तथा डेभोन कनवेले २५ रन बनाए।

भारतीय बलर दिपक हुडाले सर्वाधिक ४ विकेट लिए जुन क्रममा २.५ ओभरमा १० रन खर्चिए। युजभेन्द्र चहल र मोहम्मद सिराजले २/२ विकेट तथा भुवनेश्वर कुमार र वासिंगटन सुन्दरले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट क्षेतीमा १९१ रन बनायो।

भारतको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका सुर्यकुमार यादवले करियरको दोश्रो शतक बनाउने क्रममा अविजित १११ रन बनाए। उनले ४९ बलमा शतक प्रहार गर्ने क्रममा ५१ बलमा ११ चौका र ७ छक्का प्रहार गरे। एकै वर्ष दुई वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय शतक बनाउने उनि रहित शर्मा पछि दोश्रो भारतीय ब्याट्सम्यान बनेका छन्। रोहितले सन् २०१८ मा दुईवटा शतक बनाएका थिए। यसै वर्ष सूर्यकुमारले जुलाईमा इंग्ल्यान्ड विरुद्ध शतक बनाएका थिए।

भारतीय ओपनर इशान किशनले ३६ तथा हार्दिक पान्ड्या र श्रेयस ऐयरले समान १३ रन बनाए। सुर्यकुमारले तेश्रो विकेटको लागि कप्तान हार्दिकसंग ८८ रनको साझेदारी गरे।

सिरिजको तेश्रो खेल नोभेम्बर २२ तारिख मंगलबार हुनेछ। त्यसपछि दुई देश बीच तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज नोभेम्बर २५ तारिख देखि सुरु हुनेछ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]