T20WC : भारतको दोश्रो हार, न्युजिल्यान्डको कीर्तिमानी जित ( अंकतालिका सहित )

युएईमा जारी टि-ट्वान्टी विश्वकपमा भारतले लगातार दोश्रो खेलमा हार बेहोरेको छ। पहिलो खेलमा पाकिस्तानसंग १० विकेटले पराजित भारत न्युजिल्यान्डसंग ८ विकेटले पराजित हुन पुग्यो। पहिलो खेलमा पाकिस्तानसंग पराजित न्युजिल्यान्डले भने जितको खाता खोलेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भारतले दिएको १११ रनको लक्ष्य न्युजिल्यान्डले मात्र २ विकेट गुमाएर ३३ बल बाँकी रहँदै भेटायो। टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारत बिरुद्ध न्युजिल्यान्डको यो विकेट र बल बाँकी रहेको आधारमा सबैभन्दा ठूलो जित हो। न्युजिल्यान्डको ब्याटिंगमा ओपनर डेरेल मिचेलले सर्वाधिक ४९ रन बनाए जुन क्रममा ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। कप्तान केन विलियमसनले आविजित ३३ रन तथा मार्टिन गप्टिलले २० रन बनाए।

लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डको सुरुवात राम्रो रहो। पावरप्लेको ६ ओभरमा उसले मार्टिन गप्टिलको विकेट गुमाएर ४४ रन बनायो। दोश्रो विकेटको लागि डेरेल मिचेलले कप्तान विलियमसनसंग ७२ रनको साझेदारी गर्दै जितको दिशा दिए। तेह्रौं ओभरमा मिचेललाई बुम्राहले क्याच आउट गर्दा न्युजिल्यान्डलाई जित्न मात्र १५ रन आवस्यक थियो। भारतको बलिंगमा जस्प्रित बुम्राहले दुई विकेट ( ४-०-१९-२ ) लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा ११० रन बनाएको थियो। उसको लागि रभीन्द्र जडेजाले सर्वाधिक २६ रन, हार्दिक पान्ड्याले २३ रन बनाए भने केएल राहुलले १८, रोहित शर्माले १४, रिशभ पन्तले १२, बिराट कोहलीले ९ तथा इशान किशनले ४ रन बनाए।

खराब सुरुवात गरेको भारतले सुरुवाती ६ ओभरमा इशान किशन र केएल राहुलको विकेट गुमाउदा ३५ रन मात्र बनायो। त्यसपछि रोहित शर्मा आठौँ र बिराट कोहली एघारौं ओभरमा लेग स्पिनर इश सोढीबाट क्याच आउट भए। पाँचौ विकेटको लागि रिशभ र हार्दिकले २२ रन जोडे। पन्ध्रौँ ओभरमा पन्तलाई एडम मिल्नेले बोल्ड गरे। पान्ड्या र जडेजाले छैठौं विकेटको लागि २४ रन जोडे। उन्नाईसौं ओभरमा पान्ड्या र शार्दुल ठाकुरलाई ट्रेन्ट बोल्टले क्याच आउट पारे। अन्तिममा रभीन्द्र जडेजाले केहि आक्रामक सट खेल्दै सम्मानजनक योगफलतर्फ डोर्याए। अन्तिम ५ ओभरमा भारतले २ विकेट गुमाएर ३७ रन बनायो।

न्युजिल्यान्डको बलिंगमा ट्रेन्ट बोल्टले सर्वाधिक तिन विकेट ( ४-०-२०-३ ) लिए भने इश सोढीले दुई विकेट ( ४-०-१७-२ ) लिए। टिम साउदी ( ४-०-२६-१ ) र एडम मिल्नेले एक विकेट ( ४-०-३०-१ ) लिए।

२ खेलमा १/१ जित हार पछि न्युजिल्यान्ड २ अंक सहित समुह ‘२’ अंकतालिकाको तेश्रो स्थानमा उक्लेको छ। समान २ अंक सहित नामिबिया नेट रन रेटमा पछि रहँदै चौंथो स्थानमा छ। ३ खेलमा ६ अंक सहित पाकिस्तान पहिलो स्थानमा तथा ३ खेलमा ४ अंक सहित अफगानिस्तान दोश्रो स्थानमा छ। दोश्रो हार पछि भारत अंक विहिन रहँदै पाँचौ स्थानमा छ भने स्कटल्याण्ड छैठौं स्थानमा छ। भारतले आगामी खेल नोभेम्बर ३ तारिख बुधबार अफगानिस्तानसंग तथा न्युजिल्यान्डले सोहि दिन स्कटल्याण्डसंग खेल्नेछ।

अंकतालिका 





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]