T20WC : न्युजिल्यान्डद्वारा नामिबियालाई चुनौतिपूर्ण लक्ष्य

टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणको समुह ‘२’ को खेलमा न्युजिल्यान्ड र नामिबिया प्रतिस्पर्धा गरिरहेका छन्।

शारजाह स्थित शारजाह स्टेडियममा जारि खेलमा टस हारेर ब्याटिंग गरेको न्युजिल्यान्डले २० ओभरमा ४ विकेट क्षेतीमा १६३ रन बनाउदै नामिबियालाई १६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

न्युजिल्यान्डको लागि ग्लेन फिलिप्सले सर्वाधिक ३९ रन बनाए जुन क्रममा अविजित रहँदै २१ बलमा १ चौका र ३ छक्का प्रहार गरे भने जेम्स निशमले २३ बलमा १ चौका र २ छक्का मद्दतले अविजित ३५ रन बनाए। यस्तै कप्तान केन विलियमसनले २८, डेरेल मिचेलले १९, मार्टिन गप्टिलले १८ तथा डेभोन कनवेले १७ रन बनाए।

ओपनर गप्टिल र मिचेलले ३० रनको ओपनिंग साझेदारी गरेपछि पाँचौ ओभरमा गप्टिललाई डेभिड विजेले क्याच आउट पारे। सातौं ओभरमा मिचेललाई स्कल्जले क्याच आउट पारे। तेश्रो विकेटको लागि कप्तान विलियमसन र डेभोन कनवेले ३८ रनको साझेदारी गरे। तेहौं ओभरमा विलियमसनलाई मरे इरास्मसले बोल्ड गरे भने चौधौं ओभरमा कर्क बर्केन्स्टकले रन आउट पारे। ८७/४ को अवस्थाबाट फिलिप्स र निशमले पाँचौ विकेटको लागि मात्र ३६ बलमा ७६ रनको साझेदारी गरे। दुई ब्याट्सम्यानले अन्तिम ५ ओभरमा ७३ रन बनाए।

नामिबियाका बलर जेरार्ड इरास्मस ( ४-०-२२-१ ) , डेभिड विजा ( ४-०-४०-१ ) र बर्नार्ड स्कल्जले ( ३-०-१५-१ ) समान एक विकेट लिए।

न्युजिल्यान्डले आज नामिबियालाई पराजित गरेको खण्डमा नामिबिया सेमीफाइनल दौडबाट अधिकारिक रुपमा बाहिर हुनेछ। न्युजिल्यान्डले आज जित दर्ता गरेर अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गरे न्युजिल्यान्ड सेमीफाइनल पुग्नेछ। न्युजिल्यान्ड आज जितेर अफगानिस्तानसंग पराजित भएको खण्डमा पनि नेट रन रेटको आधारमा सेमीफाइनल पुग्ने सम्भावना रहन्छ। विस्तृतमा पढ्नुस 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]