डेब्युमा डफीले कीर्तिमानी बलिंग गर्दा न्युजिल्यान्डद्वारा पाकिस्तान पराजित

पाकिस्तानको न्युजिल्यान्ड भ्रमण अन्तर्गत तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टिमले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै सिरिजमा १-० को अग्रता लिएको छ।

इडन पार्क अक्ल्याण्डमा सम्पन्न खेलमा पाकिस्तानले दिएको १५४ रनको लक्ष्य न्युजिल्यान्डले १८.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

घरेलु टोलिको लागि ओपनर टिम सेफर्टले ४३ बलमा सर्वाधिक ५७ रन बनाए जुन क्रममा ६ चौका र १ छक्का हिर्काए। यस्तै मार्क च्यापम्यानले ३४ तथा ग्लेन फिलिप्सले २३ रन बनाए। जेम्स निशमले अविजित १५ र मिचेल स्यान्टनरले अविजित १२ रन बनाए।

मार्टिन गुप्टिल र डेभोन कनवे छिट्टै पेभेलियन फर्किएपछि तेश्रो विकेटको लागि सेफर्टले फिलिप्ससंग ४४ रनको तथा च्यापम्यानसंग ४५ रनको साझेदारी गर्दै जितको आधार तयार पारे। छैठौं विकेटको लागि निशम र स्यान्टनरले अविजित २७ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।

पाकिस्तानको बलिंगमा दायाँ हाते पेसर हरिस रौफले सर्वाधिक ३ विकेट ( ४-०-२९-३ ) तथा शाहिन अफ्रिदीले २ विकेट ( ४-०-२७-२ ) लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो।

पाकिस्तानको लागि शदाब खानले सर्वाधिक ४२ रन बनाए जुन क्रममा ३२ बलमा ३ छक्का र २ चौका प्रहार गरे। फहीम असरफले १८ बलमा ३ छक्का र २ चौका मद्दतले ३१ रन बनाए। इमाद वासिमले १९, मोहम्मद रिजवानले १७ तथा खुस्दिल शाहले १६ रन बनाए।

कमजोर सुरुवात गर्ने क्रममा ३९ रनमा ५ विकेट गुमाएको अवस्थामा शदाबले वासिमसंग ४० रनको तथा फहीमसंग ३५ रनको साझेदारी गरेका थिए।

न्युजिल्यान्डको बलिंगमा डेब्यु गरिरहेका दायाँ हाते फास्ट बलर ज्याकब डफीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ३३ रन खर्चिए। ज्याकब न्युजिल्यान्डको टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै डेब्युमा सबैभन्दा उत्कृस्ट बलिंग स्पेलदर्ता गर्ने बलर बनेका छन्।

अर्का फास्ट बलर स्कट कगलाईनले ३ विकेट ( ४-०-२७-३ ) लिए। इश सोढ़ी र ब्लेर टिकनरले समान १ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो र तेश्रो खेल आइतबार र मंगलबार खेलिनेछ। टि-२० सिरिज पछि डिसेम्बर २६ देखि दुईवटा टेस्टको सिरिज सुरु हुनेछ।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]