मुस्किल अवस्थामा निशमले उत्कृस्ट इनिंग खेल्दा न्युजिल्याण्डद्वारा २३८ रनको लक्ष्य

इंग्ल्याण्डमा जारि आईसीसी विश्वकप अन्तर्गत ३३ औं खेलमा पाकिस्तान र न्युजिल्याण्डले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको सेमीफाइनल पुग्ने आशा मजबुत बनाउन पाकिस्तानलाई जितको आवस्यकता रहेको छ भने न्युजिल्याण्ड पाकिस्तानलाई पराजित गर्दै सेमीफाइनल प्रवेश निश्चित गर्न चाहन्छ।

खेलमा टस जितेर ब्याटिंग गरेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर २३७ रन बनाएको छ र पाकिस्तानलाई २३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अत्यन्त खराब सुरुवात गरेको न्युजिल्याण्डले पहिलो ४ विकेट ४६ रनमा १३ औं ओभरमा गुमाएको थियो। ओपनर मार्टिन गुप्टिल ५ तथा कोलिन मुनरो १२ रन बनाएर आउट भए। त्यसपछि रोस टेलर ३ तथा टम लाथम १ रन बनाएर आउट भए। गुप्टिललाई मोहम्मद आमिरले बोल्ड गरे भने टेलर, लाथम र मुनरोलाई शाहिन अफ्रिदीले विकेटकिपर सरफराजबाट क्याच आउट गराए।

अर्को किनारमा विकेट गुमे पनि एक किनार सम्हालीरहेका कप्तान केन केन विलियमसन २७ औं ओभरमा शदाब खानको शिकार बन्दा न्युजिल्याण्ड झनै समस्यामा पुग्यो। ६९ बलमा विलियमसनले ४ चौका प्रहार गरे।

 

त्यसपछि भने न्युजिल्याण्डलाई जेम्स निशम र कोलिन डी ग्रायण्डहोमले उत्कृस्ट साझेदारी गर्दै अघि बढाए। दुवैले छैठौं विकेटको लागि १३२ रनको साझेदारी गर्दै टिमको योगफल २०० रन पार गराए।

४८ औं ओभरमा रन आउट हुनु अघि ग्रयाण्डहोम ६४ रन बनाए जुन कर्ममा ७१ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

न्युजिल्याण्डले पुरै ५० ओभर ब्याटिंग गर्दै ६ किकेट गुमाएर २३७ रनको योगफल तयार गर्यो।

शतक बनाउन ३ रनले चुकेका जेम्स निशमले अविजित ९७ रन बनाउन ११२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। मिचेल स्यांटनर ५ रनमा अविजित रहे।

पाकिस्तानको बलिंगमा शाहिन अफ्रिदीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा ३ ओभर मेडन गर्दै मात्र २८ रन खर्चिए। मोहम्मद आमिरले १ विकेट ( १०-०-६७-१ ) र शदाब खानले १ विकेट ( १०-०-४३-१ )। मोहम्मद हफिज  ( ७-०-२२-० ) र वाहब रियाज ( १०-०-५५-० ) विकेट विहिन रहे ।

 

प्रतियोगितामा कुल ६ खेल खेल्दा २ जित, ३ हार र १ नतिजाविहिन खेल सहित पाकिस्तानको ५ अंक रहेको छ र अंकतालिकामा सातौँ स्थानमा रहेको छ। पाकिस्तानले वेस्ट इन्डिज, अस्ट्रेलिया र भारतसंग हार बेहोर्दा, इंग्ल्याण्ड र दक्षिण अफ्रीकासंग जित हात पारेको छ भने श्रीलंकासंगको खेल वर्षाको कारण नतिजाविहिन रहेको थियो।

अंकतालिकामा न्युजिल्यान्ड दोश्रो स्थानमा रहेको छ। यस क्रममा उसले ६ खेलमा ५ जित बेहोर्दा १ खेल नतिजाविहिन रहेको थियो। यस क्रममा उसले पहिलो खेलमा श्रीलंकालाई १० विकेटले, न्युजिल्याण्डलाई २ विकेटले, अफगानिस्तानलाई ७ विकेटले, दक्षिण अफ्रीकालाई ४ विकेटले, वेस्ट इन्डिजलाई ५ रनले पराजित गरेको थियो। भारतसंगको खेल भने नतिजाविहिन रहेको थियो।





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]