दुईदिवसीय क्रिकेट: ओसिस क्रिकेट एकेडेमीको ९९ रनको अग्रता

काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको हिमालय क्रिकेट लिग दुईदिवसीय क्रिकेट प्रतियोगितामा ओसिस क्रिकेट एकेडेमीले ९९ रनको अग्रता बनाएको छ

मुलपानी क्रिकेट मैदानमा बुधबार भएको पहिलो दिनको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बालुवाटार क्रिकेट क्लब ५० ओभर भित्र ९ विकेट गुमाएर २ सय ६५ रन बनाएको अवस्थामा ईनिङको समाप्ति भएको घोषणा गरेको थियो ।

पहिलो ईनिङमा बालुवाटारले उक्त रन बनाउने क्रममा दिनेश बुढा मगरले शतकीय १ सय २८ रनको योगदान गरे । १०२ बलको सामना गरेका उनले १७ चौका र ४ छक्कासहित उक्त रन बनाएका थिए ।

Dinesh Jung Budhamagar

यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान अभिनाश सिंहले ४५ रन तथा नविन तामाङले २६ रन र प्रशान्त पण्डितले १५ रनको पारी खेलेपछि टिमले उक्त रन बनाउँन सफल भयो । बलिङतर्फ ओसिसका स्वरुप श्रेष्ठ एक्लैले ५ विकेट लिए भने सचिन शर्मा , रोशन पुलामी र सुमित श्रेष्ठले पनि १/१ विकेट लिए ।

त्यसपछी ओसिस क्रिकेट एकेडेमीले आफ्नो पहिलो ईनिङ सुरु गरेको थियो र पहिलो दिनको समाप्तिमा ओसिस ५३ ओभरमा ६ विकेटको क्षतिमा ३ सय ६४ रन बनाएको छ । र यो स्थितिमा ओसिसले ९९ अग्रता बनाएको छ ।

उसका लागि सचिन शर्मा ११७ रनमा अविजित छन् भने सुमित श्रेष्ठ पनि ६८ रनमा अविजित रहेका छन् ।

sachin sharma

त्यसअघि ओसिसका आशिष झाले अर्धशतकीय पारी खेल्ने क्रममा ६० रन बनाए भने सुदीप बस्नेतले २३ रन तथा रोशन पुलामीले ११ रन बनाएका थिए ।

बलिङतर्फ बालुवाटारका सुरेश बस्नेतले ३ तथा नविन तामाङले २ र राजन जिसीले १ विकेट लिए ।

हिमालय स्पोर्टस् म्यानेजमेन्टको आयोजनामा नेपालमा पहिलोपटक भएको दुईदिवसीयमा क्रिकेट प्रतियोगितामा कुल ६ टिमको सहभागिता रहेको छ ।

जसलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह`ए´ मा काठमाडौं क्रिकेट ट्रेनिङ्ग सेन्टर (केसिटीसी) ,बालुवाटार क्रिकेट क्लब र ओसिस क्रिकेट एकेडेमी रहेका छन् । यस्तै समूह `बी´ मा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी, हिमालय क्रिकेट एकेडेमी र नेक्सस क्रिकेट एकेडेमी रहेका छन् ।

राउण्ड रोबिन लिगपछि प्रत्येक समूहको पहिलोस्थानमा रहने टिम १८ र १९ गते हुने फाइनलमा पुग्नेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजार र उप -विजेता टोलीले ७५ हजार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , ब्याट्सम्यान , बलर र उदयमान खेलाडीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]