राशिद र हरिको प्रदर्शनले पुलिसलाई पराजित गर्दै ओएसीसलाई उपाधि

  • विकेटनेपाल, असोज २३ – मंगलबार 

रौतहट  प्रिमियर लिग टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत ओएसिस क्रिकेट एकेडेमीले मंगलबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २ विकेटले पराजित गर्दै उपाधी आफ्नो पक्षमा पारेको छ।

प्रतियोगिताको बिजेता बनेसँगै ओएसिसले नगद रुपैयाँ ३,५०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने पराजित नेपाल पुलिस क्लबले रुपैयाँ  १,५०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु पर्यो। त्यस्तै प्रतियोगितामा प्लेयर अफ द सिरिज सुनिल धमला, उत्कृस्ट ब्याट्सम्यान भुवन कार्की र मालापोखारीका कमल ओली उत्कृस्ट बलर घोषित भए।

राशिद र हरिको उत्कृस्ट बलिङ्ग 

रौतहट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरको खेलमा १९ ओभरमा ८८ रन  बनाउदा सबै विकेट गुमाएको थियो। पुलिसका लागि योगेन्द्र कार्कीले १९ रन, सुनिल धमला र प्रेम तामाङ्गले समान १५ रन तथा रामनरेश गिरिले अविजित ११ रन बनाउदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

Rashid Khan
Rashid Khan ( File Photo )

बलिङ्गतर्फ पुलिसलाई सस्तैमा रोक्न ओएसिसका यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका राशिद खान र हरि चौहानले समान ३ विकेट लिए। राशिदले ३ ओभरमा १ मेडन ओभर सहित मात्र ९ रन खर्चिए भने हरिले ४ ओभरमा २५ रन खर्चिए। मेहबुब आलमको नाममा २ तथा हरि शंकर शाह र पुस्प थापाको नाममा १/१ विकेट रह्यो।

जवाफमा जितको लागि ८९ रनको लक्ष्य पछ्याएको ओएसिसले अन्तिम ओभरको तेस्रो बलमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। उसका लागि ओपनर हरिशंकर शाह र हसिम अन्सारीले पहिलो विकेटको लागि ३७ रनको साझेदारी गर्दै उत्कृस्ट सुरुवात गरेका थिए। त्यस्तै राजेश पुलामीले पनि १४ रन बनाउन ९ बलमा १ चौका र २ छक्का प्रहार गरे। पुलिसका सुनिल धमलाले ३ विकेट तथा दिपेश श्रेष्ठले २ विकेट र रामनरेश गिरिले १ विकेट लिए।

 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy