ओसिसको विजयी सुरुवात

काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको हिमालय क्रिकेट लिग दुईदिवसीय क्रिकेट प्रतियोगितामा ओसिस क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेको छ ।

बिहिबार प्रतियोगिताको दोस्रो खेलमा ओसिसले बालुवाटार क्रिकेट क्लबलाई एक ईनिङ १० रनले पराजित गर्न सफल भयो ।

पहिलो दिन ९९ रनको अग्रता कायम गरेको ओसिसले दोस्रो ईनिङमा ७ विकेट गुमाएर ४४७ रन बनाएपछी बालुवाटार १ सय ८२ रनले पछी परेको थियो ।

दोस्रो ईनीङमा ओसिसका सचिन शर्माले शतकीय पारी खेले । १०४ बलको सामना गरेका उनले १९ चौकासहित ११८ रन बनाए । भने अर्का ब्याट्सम्यान सुमित श्रेष्ठले पनि शतकीय पारी खेलेपछि टिमले ठूलो स्कोर खडा गर्न सफल भएको थियो ।

अविजित रहेका सुमितले ७७ बलको सामना गर्दै १८ चौकासहित १०७ रन बनाए यस्तै आशिष् झाले ६० रन तथा सोनु अन्सारीले ७९ रन बनाएका थिए ।

बलिङतर्फ बालुबाटारका सुरेश बस्नेतले ३ तथा नवीन तामाङले २ र राजन जिसिले १ विकेट लिए।

Sumit Shrestha

त्यसपछि बालुवाटार ४९ ओभरमा अलआउट हुँदै १ सय ७२ रनमा सिमित भएपछी नतिजा ओसिसले आफ्नो पक्षमा पार्न सफल भयो ।

उसका लागि नवीन तामाङले सर्वाधिक ६८ रन बनाए । भने पुजन गुरुङले २३ रन बनाउँदा अन्य खेलाडीले उल्लेख योगदान गर्न नसक्दा टिम अलआउट हुन पुग्यो ।

बलिङतर्फ ओसिसका सचिन शर्माले ५ तथा सुमित श्रेष्ठ ३ र सुबोध ढुगेलले १ विकेट लिए ।

त्यसअघि बुधबार मुलपानी क्रिकेट मैदानमा भएको पहिलो दिनको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बालुवाटार क्रिकेट क्लब ५० ओभर भित्र ९ विकेट गुमाएर २ सय ६५ रन बनाएको अवस्थामा ईनिङको समाप्ती भएको घोषणा गरेको थियो ।

पहिलो ईनिङमा बालुवाटारले उक्त रन बनाउने क्रममा दिनेश बुढा मगरले शतकीय १ सय २८ रनको योगदान गरे । १०२ बलको सामना गरेका उनले १७ चौका र ४ छक्कासहित उक्त रन बनाएका थिए ।

यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान अभिनाश सिंहले ४५ रन तथा नविन तामाङले २६ रन र प्रशान्त पण्डितले १५ रनको पारी खेलेपछि टिमले उक्त रन बनाउँन सफल भयो ।

बलिङतर्फ ओसिसका स्वरुप श्रेष्ठ एक्लैले ५ विकेट लिए भने सचिन शर्मा , रोशन पुलामी र सुमित श्रेष्ठले पनि १/१ विकेट लिए ।

त्यसपछी ओसिस क्रिकेट एकेडेमीले आफ्नो पहिलो ईनिङ सुरु गरेको थियो र पहिलो दिनको समाप्तिमा ओसिस ५३ ओभरमा ६ विकेटको क्षतिमा ३ सय ६४ रन बनाएको छ । र यो स्थितिमा ओसिसले ९९ अग्रता बनाएको छ ।

उसका लागि सचिन शर्मा ११७ रनमा अविजित छन् भने सुमित श्रेष्ठ पनि ६८ रनमा अविजित रहेका छन् ।

त्यसअघि ओसिसका आशिष झाले अर्धशतकीय पारी खेल्ने क्रममा ६० रन बनाए भने सुदीप बस्नेतले २३ रन तथा रोशन पुलामीले ११ रन बनाएका थिए ।

बलिङतर्फ बालुवाटारका सुरेश बस्नेतले ३ तथा नविन तामाङले २ र राजन जिसीले १ विकेट लिए ।

हिमालय स्पोर्टस् म्यानेजमेन्टको आयोजनामा नेपालमा पहिलोपटक भएको दुईदिवसीयमा क्रिकेट प्रतियोगितामा कुल ६ टिमको सहभागिता रहेको छ ।

जसलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह`ए´ मा काठमाडौं क्रिकेट ट्रेनिङ्ग सेन्टर (केसिटीसी) ,बालुवाटार क्रिकेट क्लब र ओसिस क्रिकेट एकेडेमी रहेका छन् । यस्तै समूह `बी´ मा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी, हिमालय क्रिकेट एकेडेमी र नेक्सस क्रिकेट एकेडेमी रहेका छन् ।

राउण्ड रोबिन लिगपछि प्रत्येक समूहको पहिलोस्थानमा रहने टिम १८ र १९ गते हुने फाइनलमा पुग्नेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजार र उप -विजेता टोलीले ७५ हजार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , ब्याट्सम्यान , बलर र उदयमान खेलाडीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]