आईसीसी एकदिवसीय वरियतामा नेपालले ओमानलाई उछिन्यो

ओमान भ्रमणमा लगातार तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियमा जित दर्ता गरेको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा सुधार गरेको छ।

ओमान भ्रमण अघि १६ औं स्थानमा रहेको नेपाल एक स्थान माथि उक्लदै १५ औं स्थानमा पुगेको छ। यस क्रममा नेपालले ओमानलाई पछि पारेको हो। १५ औं स्थानमा रहेको ओमान एक स्थान तल झर्दै १६ औं स्थानमा पुगेको छ।

नेपालले ओमान भ्रमण अन्तर्गत पपुवा न्यु गिनीलाई दुई वटा एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित गर्न सफल रह्यो भने विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा सोमबार अमेरिकालाई ५ विकेटले पराजित गर्यो।

एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल भन्दा अघि एसोसिएट राष्ट्रमा नेदरल्याण्ड ११ औं र स्कटल्याण्ड १४ औं स्थानमा रहेको छ। ओमान १६ औं, युएई १७ औं, नामिबिया १८ औं, अमेरिका १९ औं तथा पपुवा न्यु गिनी २० औं स्थानमा रहेको छ। टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा नेपाल १३ औं स्थानमा रहेको छ जुन एसोसिएट राष्ट्रहरुमा सबैभन्दा उच्च वरियता हो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy