एकदिवसीय वरियतामा युएईलाई उछिन्दै उक्लियो नेपाल

Paras Khadka, Sandeep Lamichhane
  • विकेटनेपाल, बैशाख-४ 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद – आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल माथि उक्लेको छ।

जनवरीमा युएईसंग खेलिएको एकदिवसीय सिरिज २-१ ले जितेपछि नेपाली क्रिकेट टिम आईसीसी वरियतामा १५ औं स्थानमा रहेको थियो। आईसीसीले जारि गरेको ताजा वरियतामा नेपाली क्रिकेट टिम एकदिवसीयतर्फ १४ औं स्थानमा रहेको छ।

यसकारण नेपालको फड्को 

युएई सिरिज पछि कुनै खेल नखेलेको नेपालको वरियता बढ्नुमा युएईको एकदिवसीय अन्तर्राष्ट्रियमा हालैको खराब प्रदर्शन हो। जिम्बाबेसंग मंगलबार सम्पन्न ४ एकदिवसीयको सिरिजमा युएई ४-० ले पराजित हुन पुग्दा नेपाललाई फाइदा पुगेको हो।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको छ जसमध्ये ३ वटामा खेलमा जित र ३ वटामा हार बेहोरेको छ। नेदरल्याण्डसंग २ खेल खेल्दा १ जित १ हार बेहोरेको नेपालले युएईसंग कुल ४ खेल खेल्दा २ जित र २ हार बेहोरेको छ।

Nepal Cricket Team
नेपालले एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय सिरिजमा युएईलाई पराजित गरेको थियो

वरियतामा १४ औं स्थानमा रहेको नेपालको १५२ अंकरहेको छ भने १५ रेटिंग अंक प्राप्त गरेको छ। १५ औं स्थानमा रहेको युए ईको २६७ अंकरहेको छ भने १४ रेटिंग अंक रहेको छ। १६ औं स्थानमा रहेको नेदरल्याण्डको ५० अंक र ८ रेटिंग रहेको छ।

एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा शिर्ष स्थानमा इंग्ल्याण्ड रहेको छ। दोश्रो भारत, तेश्रो न्युजिल्याण्ड, चौथो दक्षिण अफ्रीका, पाँचौ स्थानमा अस्ट्रेलिया रहेको छ। यस्तै पाकिस्तान, बंगलादेश, श्रीलंका, वेस्ट इन्डिज, अफगानिस्थान, जिम्बाबे, आयरल्याण्ड, स्कटल्याण्ड क्रमश छैठौं देखि १३ औं स्थानमा रहेका छन्।

आईसीसीको टि-२० अन्तर्राष्ट्रिय वरियतामा पनि नेपाल १४ औं स्थानमा रहेको छ। जसमा नेपालको पछाडी युएई, हंगकंग, आयरल्याण्ड र ओमान रहेका छन्। वरियतामा पाकिस्तान पहिलो र भारत दोश्रो स्थानमा रहेको छ। इंग्ल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रीका, न्युजिल्याण्ड, वेस्ट इन्डिज, अफगानिस्तान, श्रीलंका, बंगलादेश, स्कटल्याण्ड, जिम्बाबे र नेदरल्याण्ड क्रमश तेश्रो देखि १३ औं स्थानमा रहेका छन्।

सन् २०१४ को बंगलादेशमा सम्पन्न टि-२० विश्वकपमा टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेको नेपालले त्यसपछि २०१९ सम्म कुल १५ वटा टि-२० अन्तर्राष्ट्रिय खेलेको छ। १५ खेल मध्ये नेपालले ५ वटा खेलमा जित ९ खेलमा हार बेहोरेको छ भने एक खेल नतिजाविहिन रहेको थियो।

अन्तर्राष्ट्रिय वरियतामा नेपाली खेलाडी 

एकदिवसीय अन्तर्रास्ट्रिय वरियता अन्तर्गत ब्याटिंग, बलिङ्ग र अल-राउण्डर वरियतामामा नेपाली खेलाडी टप-१०० भित्र समावेस छैनन्।

टि-२० अन्तर्राष्ट्रियतर्फ भने ब्याटिंगमा पारस खड्का ९५ औं स्थानमा छन्। टि-२० अन्तर्राष्ट्रिय बलिङ्ग तर्फ सोमपाल कामि र बसन्त रेग्मी ६८ औं स्थानमा समान ४०९ रेटिंग अंक सहित छन्।

Paras Khadka
टि-२० र एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पारस खड्का हुन्।  ( Photo – Thenational.ae )

यस्तै टि-२० अन्तर्रास्ट्रिय अल-राउण्डर तर्फ पारस खड्का ३७ औं स्थानमा ७६ रेटिंग अंक सहित रहेका छन्। पारससंगै सो स्थानमा पाकिस्तानका इमाद वासिम र नेदरल्याण्डका माइकल रिप्पन समेत रहेका छन्।

सोमपाल कामि टि-२० अल-राउण्डरतर्फ ४९ औं स्थानमा रहेका छन्। सोहि स्थानमा समान ६० रेटिंग अंक सहित अस्ट्रेलियाका नाथन कोट्लर र अफगानिस्तानका गुल्बदीन नैब रहेका छन्।

धेरै रन र विकेट लिने नेपाली खेलाडी

एक दिवसीय अन्तर्राष्ट्रिय ( ब्याटिंग ) –  एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको लागि धेरै रन बनाउने ब्याट्सम्यान पारस खड्का हुन् जसले ६ खेलमा २३५ रन बनाएका छन्। त्यस क्रममा खड्काले १ शतक र १ अर्धशतक बनाएका छन्। दोश्रो स्थानमा रहेका सोमपाल कामिले ६ खेलमा १४६ रन बनाएका छन्। तेश्रो स्थानमा ज्ञानेन्द्र मल्लले ६ खेलमा १४३ रन, चौथो स्थानमा दिपेन्द्र ऐरिले ६ खेलमा १०८ रन बनाएका छन्। ४ खेलाडी बाहेक अन्यले एकदिवसीय अन्तर्राष्ट्रियमा १०० रन कटाउन सकेका छैनन्।

१. पारस खड्का – ६ खेलमा २३५ ( १ शतक र १ अर्धशतक )
२. सोमपाल कामि – ६ खेलमा १४६  ( १ अर्धशतक )
३. ज्ञानेन्द्र मल्ल – ६ खेलमा १४३ ( १ अर्धशतक )
४. दिपेन्द्र ऐरि – ६ खेलमा १०८
५. आरिफ शेख – ६ खेलमा ९४
६. रोहित पौडेल – ४ खेलमा ८६ ( १ अर्धशतक )
७. सुबास खकुरेल  – २ खेलमा ६९ ( १ अर्धशतक )
८. सन्दिप लामिछाने – ६ खेलमा ४०
९. बिनोद भण्डारी – ३ खेलमा ३५
१०. अनिल साह – २ खेलमा २५

एक दिवसीय अन्तर्राष्ट्रिय ( बलिङ्ग ) एक दिवसीय अन्तर्राष्ट्रियमा सन्दिप लामिछानेले नेपालको लागि सर्वाधिक १५ विकेट लिएका छन्। यस क्रममा सन्दिपले १४.८० को एभरेज र २१.२ को स्ट्राइक रेटले विकेट लिएका छन् भने २ पटक ४ विकेटको प्रदर्शन गरेका छन्। दोश्रो स्थानमा रहेका सोमपाल कामिले १३, तेश्रो स्थानमा पारस खड्काले ९ विकेट लिएका छन्।

१. सन्दिप लामिछाने – ६ खेलमा १५ विकेट ( ४ विकेट – २ पटक )
२. सोमपाल कामि – ६ खेलमा १३ विकेट ( ५ विकेट – १ पटक )
३. पारस खड्का – ६ खेलमा ९ विकेट ( ४ विकेट – १ पटक )
४. करन केसी – ५ खेलमा ५ विकेट
५. बसन्त रेग्मी – ४ खेलमा ४ विकेट
६.- ललित भण्डारी – १ खेलमा २ विकेट
७. दिपेन्द्र ऐरि – ६ खेलमा १ विकेट

Basant Regmi
बसन्त रेग्मी टि-२० अन्तर्राष्ट्रियमा नेपालको लागि धेरै विकेट लिने बलर हुन्।

टि-२० अन्तर्रराष्ट्रिय ( ब्याटिंग ) – टि-२० अन्तर्राष्ट्रियमा पनि पारस खड्काले नेपालको लागि सर्वाधिक रन बनाएका छन्। १५ खेलमा पारसले २२.३० को एभरेजले २९० रन बनाएका छन् जुन क्रममा एउटा अर्धशतक प्रहार गरेका छन्। दोश्रो स्थानमा शरद भेसावकरले ११ खेलमा १९९ रन, तेश्रो स्थानमा ज्ञानेन्द्र मल्लले १५ खेलमा १८८ रन बनाएका छन्।

१. पारस खड्का – १५ खेलमा २९० रन ( १ अर्धशतक )
२. शरद भेसावकर – ११ खेलमा १९९ रन
३. ज्ञानेन्द्र मल्ल – १५ खेलमा १८८ रन
४. सुबास खकुरेल – ८ खेलमा ११२ रन ( १ अर्धशतक )
५. सागर पुन – ९ खेलमा ९० रन
६. सन्दिप जोरा – ३ खेलमा ९० रन ( १ अर्धशतक )
७. प्रदिप ऐरि – ९ खेलमा ६७ रन
१०. दिपेन्द्र ऐरि – ४ खेलमा ५३ रन

टि-२० अन्तर्राष्ट्रिय ( बलिङ्ग ) –  बसन्त रेग्मी टि-२० अन्तर्रराष्ट्रियमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी हुन्। रेग्मीले १३ खेलमा१५.५५ को एभरेज र १५.० को स्ट्राइक रेटले १८ विकेट लिएका छन्। दोश्रो स्थानमा रहेका सोमपाल कामिले १७ र तेश्रो स्थानमा करन केसीले ९ विकेट लिएका छन्।

१. बसन्त रेग्मी – १३ खेलमा १८ विकेट   ( ४ विकेट – १ पटक )
२. सोमपाल कामि – १५ खेलमा १७ विकेट
३. करन केसी – ९ खेलमा ९ विकेट
४. शक्ति गौचन – ९ खेलमा ८ विकेट
५. अविनाश बोहरा – ३ खेलमा ६ विकेट
६. सागर पुन – ९ खेलमा ६ विकेट
७. सन्दिप लामिछाने – ४ खेलमा ५ विकेट
८. जितेन्द्र मुखिया – ४ खेलमा ४ विकेट
९. ललित राजबंशी – ३ खेलमा २ विकेट
१०. पारस खड्का – १५ खेलमा २ विकेट





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]