विश्वकप सुपर लिगमा नेदरल्याण्ड डेब्यु गर्दै, १५ सदस्यीय टोलिको घोषणा

२०७८ जेष्ठ १४, शुक्रबार ०९:४६

अन्ततः नेदरल्याण्डले ‘आईसीसी क्रिकेट वर्ल्ड कप सुपर लिग’ अन्तर्गत पहिलो खेल खेल्ने भएको छ जुन लिगले २०२३ एकदिवसीय विश्वकपको भाग्य निर्धारण गर्नेछ।

सन् २०१७ मा सम्पन्न आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको विजेता बन्दै नेदरल्याण्ड आईसीसी वर्ल्ड कप सुपर लिग खेल्न छनोट भएको थियो भने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत पाएको थियो। उक्त प्रतियोगितामा नेपाल सातौँ स्थानमा रहँदै डिभिजन-२ मा झरेको थियो।

सुपर लिगमा सहभागी १३ वटा देश मध्ये एक मात्र एसोसिएट राष्ट्र नेदरल्याण्डले कुनै पनि खेल खेलेको छैन। १३ वटा देश मध्ये शिर्ष-७ टिम ( आयोजक भारत स्वतः छनोट ) भारतमा आयोजना हुने २०२३ एकदिवसीय विश्वकप खेल्न छनोट हुनेछ। नेदरल्याण्डले सिरिज खेल्ने योजना बनाएता पनि कोभिड-१९ महामारी बाधक बनेको थियो।

‘आईसीसी एकदिवसीय क्रिकेट वर्ल्ड कप सुपर लिग’ अन्तर्गत प्रत्येक देशले कम्तिमा ८ वटा सिरिज ( ४ वटा आफ्नो देशमा र ४ वटा देश बाहिर ) खेल्नेछ। सिरिज तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको हुनेछ।

२०१७ मा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको विजेता हुँदै नेदरल्याण्ड सुपर लिगमा छनोट भएको थियो

आयरल्याण्डबिरुद्ध सुपर लिगमा डेब्यु 

नेदरल्याण्डले आयरल्याण्डसंग घरेलु भूमिमा तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज खेल्दै सुपर लिगमा डेब्यु गर्नेछ। जुन २ तारिख बुधबार देखि सुरु हुने सिरिज अन्तर्गत दोश्रो खेल जुन ४ र तेश्रो खेल जुन ७ तारिखमा खेलिनेछ।

सिरिजको लागि नेदरल्याण्डले पिटर सिलारको कप्तानीमा १५ सदस्यीय टोलिको घोषणा गरेको छ।

इंग्ल्यान्डको काउन्टी क्रिकेट खेलीरहेका नेदरल्याण्डका ठूला खेलाडीहरु शेन स्नेटर, रायन टेन डोस्काटे, रोल्फ भान डर मर्वे र कोलिन एंकरम्यान जस्ता खेलाडीहरुलाई भने काउन्टी क्लबले फुकुवा नगर्दा टिममा समाबेश छैनन्। टिम भान डर गुटेन, फ्रेड क्लासेन र ब्रान्डन ग्लोभरलाई भने अन्तर्राष्ट्रिय ड्युटीको लागि फुकुवा गरिएको छ। तिब्र गति बलर पल भान मिकीरनलाई भने टिमबाट बाहिर राखिएको छ।

नेदरल्याण्ड प्रशिक्षक रायन क्याम्पवेलले सुपर लिगको डेब्यु नेदरल्याण्ड क्रिकेटको इतिहासमा महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन्-

“सुपर लिगमा पहिलो उपस्थिति नेदरल्याण्डको क्रिकेट इतिहासको महत्वपूर्ण पाना बन्नेछ। आशा गरेको छौँ कि यसको पहिलो अध्याय आयरल्याण्डसंगको प्रतिस्पर्धात्मक सिरिजबाट सुरु हुनेछ।”

“टिममा टिम भान डर गुटेन, फ्रेड क्लासेन, ब्राण्डन ग्लोभरलाई स्वागत गर्छौं जसले उत्कृस्ट लयमा रहेका लोगान भान बिक र भिभियन किंग्मालाई फास्ट बलिंग आक्रमण अझ बलियो बनाउन सघाउनेछन्।”

“यो सिरिज कठिन हुनेछ भन्नेमा शंका छैन तर हाम्रो खेलाडीहरु अघि बढ्न तयार छन्।”

नेदरल्याण्ड र आयरल्याण्ड बीचको ऐतिहासिक सिरिजको खेलहरु पहिलो पटक डच टेलिभिजनमा डच भाषामा प्रत्यक्ष प्रशारण हुने नेदरल्याण्ड क्रिकेटले बिहिबार बिज्ञप्ति जारि गर्दै बताएको छ।

एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेदरल्याण्ड १३ औं तथा आयरल्याण्ड ११ औं स्थानमा रहेको छ।

सिरिजको लागि नेदरल्याण्ड टिम : पिटर सिलार, स्कट एडवार्ड, म्याक्स ओ डोड, स्टेफेन माइबर्ग, बेन कुपर, बास डी लिडे, टिम भान डर गुग्टेन, लोगान भान बिक, फ्रेड क्लासेन, फिलिपे बोसेभेन, भिभियन किंग्मा, ब्राण्डन ग्लोभर, टोबेस भिसे, मुसा नदीम अहमद, सकिब जुल्फिकर

सम्बन्धित 

https://wicketnepal.com/nepal-merge-victorious-in-second-odi-wn018/

https://wicketnepal.com/ned-captain-seelaar-aboout-nepal-wn21/

https://wicketnepal.com/sandeep-england-yatra-kathin-bandai-wn21/

https://wicketnepal.com/gayle-punaragaman-cpl-t20-wn21/

https://wicketnepal.com/sandeep-cpl-t20-wn21-tringabo/

https://wicketnepal.com/test-championship-final-chaithau-din-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy