आज सुरु हुँदै १३ औं आईसीसी विश्वकप

विश्वकप क्रिकेट खेल्न विश्वका उत्कृष्ट दस टिम र सो टिमका नामी क्रिकेटर भारतमा छन् । विश्वकप क्रिकेटलाई फुटबलपछि लोकप्रियताको आधारमा दोस्रो सबैभन्दा ठुलो प्रतियोगिता मानिन्छ । अझ क्रिकेटको अपार क्रेज भएको नेपालमा विश्वकप क्रिकेटको प्रतीक्षा फुटबलको विश्वकपसरह नै गरिन्छ । विश्वकप क्रिकेटको यो १३ औँ संस्करण हो । सन् १९७५ मा पहिलो पटक विश्वकपको आयोजना भएको हो । वेस्ट इन्डिजले पहिलो संस्करण मात्र होइन सन् १९७९ मा दोस्रो विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि पनि जित्यो । सो समय वेस्ट इन्डिज अजय थियो । वेस्ट इन्डिजको धाकलाई चुनौती दिने कोही थिएनन् । यसपालि वेस्ट इन्डिज विश्वकपमा चयन पनि हुन सकेन ।

यस पटक कसले उपाधि जित्ला त ? अनुमान गर्न कठिन छ किनभने विश्वकपमा सहभागी दसै राष्ट्र एकले अर्कालाई हराउन सक्षम छन् । यसैले विश्वकप उपाधि विजेताको ठोकुवा गर्न गलत नै साबित हुन्छ तर पनि आयोजक भारतलाई उपाधिको प्रबल दाबेदारका रूपमा लिइएको छ । पछिल्लो संस्करणको विजेता इङ्ग्ल्यान्ड र उपविजेता न्युजिल्यान्डले बिहीबार उद्घाटन खेल खेल्ने छ । जुन भारतमा १२ वर्षपछि विश्वकपको फिर्ती पनि हुने छ । यसअघि सन् २०११ मा भारतले विश्वकप क्रिकेटको आयोजना गरेको थियो । सो संस्करणमा महेन्द्रसिंह धोनीको कप्तानीमा भारत नै च्याम्पियन बनेको थियो तर त्यसपछि भारत विश्वकपमा सधैँ निराश मात्र बन्दै आएको छ ।

गत विजेता इङ्ग्ल्यान्ड र सर्वाधिक पाँच विकेटको च्याम्पियन अस्टे«लियालाई भारतपछिको उपाधि दाबेदारका रूपमा लिइएको छ । आक्रामक ब्याटिङ इङ्ग्ल्यान्डको सबभन्दा बलियो पक्ष हो । अस्ट्रेलिया विश्वकपमा सधैँ लयमा देखिने टिम हो । भारतको परम्परागत प्रतिद्वन्द्वी पाकिस्तानको च्याम्पियन बन्ने सम्भावना उसका दुई प्रमुख खेलाडी बाबर आजम र तेज बलर शाहिन सा अफ्रिदीमा भर पर्ने छ । विश्व क्रिकेटमा स्तरीय तेज बलरका रूपमा उदाएका नसिम शाह घाइते भएर विश्वकप नखेल्ने भएपछि पाकिस्तानलाई धक्का परेको छ ।

यसपालि श्रीलङ्का छनोट चरण पार गरेर विश्वकपमा खेल्न योग्य भएको हो । सन् १९९६ मा अपत्यारिलो तरिकाले विश्वकप क्रिकेटको उपाधि जितेपछि श्रीलङ्काले लामो समयसम्म आफ्नो प्रतिष्ठा गुम्न दिएन तर यसपालि श्रीलङ्कालाई ठुलो टिमका रूपमा पनि लिइएको छैन तर केही महिनाअघि एसिया कपको फाइनलमा पुगेर श्रीलङ्काले आफूलाई कमजोर नभएको साबित पारिसकेको छ ।

न्युजिल्यान्ड विश्वकपमा सधैँ राम्रो गर्ने टिम हो । पछिल्लो दुई संस्करणको उपविजेता न्युजिल्यान्ड शक्ति व्यक्तिगतभन्दा एकजुट भएर खेल्नु हो । उनीहरू प्रायः सामूहिक प्रदर्शन गर्छन् ।

विश्वकपमा दक्षिण अफ्रिकालाई सबैभन्दा अभागी टिम मानिन्छ । धेरै पटक दाबेदार भएर पनि महत्वपूर्ण खेल हार्दा दक्षिण अफ्रिका ट्रफीबाट वञ्चित बन्दै आएको छ । यसपालि पनि दक्षिण अफ्रिकालाई कम आँकिएको छैन । बङ्गलादेश, अफगानिस्तान र नेदरल्यान्ड्सलाई दाबेदार मानिएको छैन तर यी तीनै टिम ठुला टिमलाई स्तब्ध पार्न सक्षम छन् ।

यसपालि विश्वकप राउन्डरोविन संरचनामा खेलिने छ । जहाँ सहभागी प्रत्येक दस टिमले एकअर्कासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । कुल ४५ खेल खेलिएपछि शीर्ष स्थानमा रहने चार टिम सेमिफाइनलमा पुग्ने छ । त्यसपछि फाइनल मङ्सिर ३ गते हुने छ ।

( साभार – गोरखापत्र )





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]