ओमान १९७ रनमा सिमित

२०७८ भाद्र १३, आईतवार १४:४७

भारतको मुम्बई रन्जी टिमको ओमान भ्रमण अन्तर्गत ४ खेलको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेल ओमान क्रिकेट एकेडेमीमा सुरु भएको छ।

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको ओमानले पहिलो इनिंग्समा ४७.१ ओभरमा १९६ रनमा सम्पूर्ण विकेट गुमाउदै मुम्बईलाई १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

राम्रो सुरुवात गरेको ओमानको लागि ओपनर तथा कप्तान खवर अलि र शोयब खानले ४५ रनको साझेदारी गरे। १७ रन बनाएर खान आउट भए लगत्तै कस्यप प्रजापति पनि मात्र ५ रन बनाएर आउट भए। त्यसपछि तेश्रो विकेटको लागि अलि र खालिद कैल बीच ५७ रनको साझेदारी भयो।

खालिद कैलले ७६ रन बनाए

७३ बलमा ४ चौका र २ छक्का मद्दतले ५२ रन बनाएका खवर अलि २६ औं ओभरमा आउट भएपछि भने ओमानले लगातार विकेट गुमाउन पुग्यो। अयान खान खाता नखोली आउट भए भने प्रुथ्भीकुमार मच्ची ८ तथा सुरज कुमार ७ रन बनाएर आउट भए। अर्कोकिनारमा विकेट गुमेता पनि कैलले एक किनार सम्हालीरहे। ४७ औं ओभरमा आउट हुनु अघि कैलले ८४ बलमा ४ चौका र १ छक्का मद्दतले ७६ रन बनाए।

मुम्बईको बलिंगमा देब्रे हाते स्पिनर शाम्स मुलानीले सर्वधिक ३ विकेट तथा अमन खान र शशांक अट्टारडेले समान २ विकेट लिए। साइराज पाटिल र आकर्षित गोमेलले समान १ विकेट लिए।

दुई देश बीच यस अघि सम्पन्न तिन खेलको टि-२० सिरिज ओमनाले २-१ ले जितेको थियो। दुई देश बीच अब ३१ र सेप्टेम्बर २ र ३ तारिखमा सिरिजको अन्य खेल खेलिनेछ। त्यसपछि ओमानले नेपाल र अमेरिकासंग सेप्टेम्बर १३ तारिख देखि विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy