ओमानमा ५ देश सम्मिलित टि-२० सुरु, नेपालको पहिलो खेल हंगकंगसंग ( सम्पूर्ण जानकारी )

जिम्बाब्वे र सिंगापुरसंग त्रिकोणात्मक सिरिज खेलेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा ५ देश सम्मिलित टि-२० सिरिज खेल्दैछ। आज सुरु भएको प्रतियोगिता अक्टोबर ११ सम्म संचालन हुनेछ।

१८ अक्टोबर देखि युएईमा सुरु हुने टि-२० विश्वकप छनौट प्रतियोगिताको तयारीको लागि ओमानले यो सिरिजको आयोजना गरेको हो। सिरिजमा आयोजक ओमान र नेपाल सहित, हंगकंग, नेदरल्याण्ड र आयरल्याण्ड पनि प्रतिस्पर्धा गर्दैछन्। नेपाल बाहेक अन्य ४ टिमले छनौट प्रतियोगिता खेल्नेछन्।

शनिवार सुरु भएको प्रतियोगिताको पहिलो दिन आयोजक ओमान र हंगकंग तथा आयरल्याण्ड र नेदरल्याण्डले प्रतिस्पर्धा गर्दैछन्। नेपालले आइतबार हंगकंगसंग खेल्दै प्रतियोगिता थालनी गर्नेछ। सहभागी ५ टिमले एक अर्का बिरुद्ध १-१ खेल खेल्नेछन् र अंक तालिकामा उत्कृस्ट हुने टिमलाई सिरिज विजेता घोषित गरिनेछ।

प्रतियोगितको खेल तालिका : 

अक्टोबर ५ ( शनिवार ) : ओमान Vs हंगकंग ( ११:४५ बजे ) , आयरल्याण्ड Vs नेदरल्याण्ड ( ३:१५ बजे )
अक्टोबर ६ ( आइतबार ) : ओमान Vs आयरल्याण्ड ( ११:४५ बजे ) , नेपाल Vs हंगकंग ( ( ३:१५ बजे ) 
अक्टोबर ७ ( सोमबार ) : नेदरल्याण्ड Vs नेपाल ( ११:४५ बजे ) , हंगकंग Vs आयरल्याण्ड ( ३:१५ बजे )
अक्टोबर ९ ( बुधबार ) : आयरल्याण्ड Vs नेपाल ( ११:४५ बजे ) , ओमान Vs नेदरल्याण्ड ( ३:१५ बजे )
अक्टोबर १० ( बिहिबार ) : नेदरल्याण्ड Vs हंगकंग ( ११:४५ बजे )  , ओमान Vs नेपाल ( ३:१५ बजे ) 

( नोट – माथि दिईएको समय नेपाली समय हो। सबै खेलहरु दिनमा खेलिनेछ )

प्रत्यक्ष प्रशारण कहाँ हेर्ने ? प्रतियोगिता अन्तर्गत सबै खेलहरु Youtube मा ओमानक्रिकेट ले प्रत्यक्ष प्रशारण गर्नेछ। यस्तै ओमान क्रिकेटको वेबसाइट OmanCricket.org मा पनि प्रत्यक्ष प्रशारण हुनेछ। ओमान क्रिकेटका अनुसार खेलमा डिसिजन रिभ्यु सिस्टम ( डीआरएस ) पनि पहिलो पटक लागु हुनेछ। नेपालले खेलेको कुनै पनि प्रतियोगितामा डीआरएस सिस्टम लागु हुन लागेको यो नै पहिलो पटक हो। डीआरएस लागु भए पछि अब रन आउट, स्टम्पिंग र नो बलको रिभ्यु गर्न पाइनेछ। तर एलबिडब्लुको लागि भने रिभ्यु हुनेछैन।

ओमानमा रहनुभएका दर्शकहरुले खेल निशुल्क हेर्न पाउनेछन्। खेलहरु अल अमेरट क्रिकेट मैदानमा हुनेछ।

नेपाली टिम : सिंगापुर त्रिकोणात्मक सिरीज खेलेको १५ सदस्यीय नेपाली टिमलेनै ओमान सिरिजमा पनि खेल्नेछ।

पारस खड्का ( कप्तान ) , इशान पाण्डे, दिपेन्द्र ऐरी, बिनोद भण्डारी, रोहित पौडेल , पवन सर्राफ, सन्दिप जोरा, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामि, करन केसी, सन्दिप लामिछाने, ललित राजबंशी, सुशन भारि, अविनाश बोहरा





थप समाचार

अन्तर नगरपालिका छात्र यु-१६ क्रिकेट प्रतियोगिता काकरभिट्टामा सुरु हुँदै

मेचीनगर नगरपालिका, झापाको आयोजनामा यही असार ५ गतेदेखि ९ गतेसम्म काकरभिट्टा खेल मैदानमा अन्तर नगरपालिका छात्र क्रिकेट प्रतियोगिता हुने भएको […]

नेपालको संघर्षपूर्ण जित

काठमाडौँ । नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ। त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्यान्डले दिएको ९८ रनको […]

पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा विजेता

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् । कीर्तिपुरस्थित त्रिवि […]

पाँचपोखरी टी-२० : उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने

काठमाडौं। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित […]

धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट, प्रेरणा र संवाद: डिसिएमा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

धनगढी। धनगढी क्रिकेट एकेडेमी (डिसिए) मा शनिबार एक विशेष अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरूका अभिभावक, प्रशिक्षकहरू […]

पाँचपोखरी टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिायेगितामा समूह ‘ए’ […]