ब्याटिंग नचल्दा नेपाल पराजित

ब्याटिंग नचल्दा अमेरिकामा जारि विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल ओमानसंग १३ रनले पराजित भएको छ।

अमेरिकाको पर्लल्याण्ड स्थित मुसा स्टेडियममा ओमानले दिएको २१२ रनको लक्ष पछ्याएको नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाएर १९८ रन मात्र बनायो। लिग-२ मा १३ खेल खेल्दा नेपालको यो सातौँ हार हो भने ओमानको ३४ औं खेलमा बीसौं जित हो। स्कोरकार्ड, अंकतालिका  

नेपालको लागि छैठौं नम्बरमा ब्याटिंग गरेका आरिफ शेखले सर्वाधिक ६६ रन बनाए। देव खनालले ३४, दिपेन्द्र ऐरीले १६, बिनोद भण्डारीले १४ तथा सुनिल धमलाले १२ रन योगदान दिए। राष्ट्रिय टिममा पुनरागमन गरेका ओपनर सुबास खकुरेलले ३ रन बनाउन सके।

स-सानो साझेदारी बनाएता पनि नियमित अन्तरालमा विकेट गुमाउनु नेपालको हारको कारण बन्यो।  आरिफ शेख र बिनोद भण्डारी बीच छैठौं विकेटको रुपमा भएको ३७ रनको साझेदारी इनिंग्सकै उच्च साझेदारी रह्यो। तर भण्डारीले त्यस क्रममा ४६ बलमा मात्र १४ रन बनाउदा नेपाल थप रनको दवावमा पर्यो।

ओमान बलर जिशन मक्सुद र खवर अलिले ३/३ विकेट लिए। बिलाल खानले २ तथा आयान खानले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको ओमानले ५० ओभरमा ८ विकेट क्षतिमा २११ रन बनायो। उसको लागि कप्तान जिशान मक्सुदले अविजित शतक बनाउने क्रममा १२६ बलमा १३ चौका मद्दतले १०४ रन बनाए। खवर अलिले ३० तथा शोयब खानले २७ रन योगदान दिए। ८६ रनमा ५ विकेट गुमाएपछि मकुस्दले खवर अलिसंग ६० रनको महत्वपूर्ण साझेदारी गरे।

नेपालको बलिंगमा करन केसीले व्यक्तिगत उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ५ विकेट लिए जुन क्रममा १० ओभरमा ३८ रन खर्चे। करनले एकदिवसीय अन्तर्राष्ट्रियमा ५ विकेट लिएको पहिलो पटक हो जो टि-२० अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रिय दुवैमा ५ विकेट लिने पहिलो नेपाली बलर समेत बनेका छन्। कप्तान सन्दिप लामिछानेले २ तथा सोमपाल कामिले १ विकेट लिए।

सिरिज अन्तर्गत नेपालले दोश्रो खेल अमेरिकासंग भोलि खेल्नेछ। त्यसपछि पुनः जुन १४ मा ओमानसंग तथा जुन १५ मा अमेरिकासंग खेल्ने तालिकाछ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]