ओमानसंग नेपाल ७ विकेटले पराजित

Gyanendra Malla
  • विकेटनेपाल – १३ भदौ, बुधवार

एसिया कप छनौट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले ओमानसंग ७ विकेटको पराजय बेहोरेको छ।

बायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिंग गर्दै नेपालले निर्धारित ५० ओभरमा २२१ रन बनाएपछि २२२ रनको लक्ष्य ओमानले मात्र ३ विकेट गुमाएर ४८ ओभरमै भेटायो।

लक्ष्य पछ्याउने क्रममा ओमानले पहिलो २ विकेट ७१ रनको स्कोरमा गुमाएको थियो। ओपनर अकिब इल्यसलाई पारस खड्काले १६ रनको व्यक्तिगत स्कोरमा आउट गरेपछि अर्का ओपनर जतिंदर सिंह ३० रन बनाएर रन आउट भएका थिए। त्यसपछि भैबभ वाटेगान्कर र खवर अलिले तेश्रो विकेटको लागि ७६ रनको साझेदारी गर्दै नेपालको जित मुस्किल बनाए। भैबभलाई सन्दिप लामिछानेले ४१ रनको व्यक्तिगत स्कोरमा रहंदा  ३७ औं ओभरमा रनआउट गरेपछि ओमानले पुनः गल्ति गरेन।

Khawar Ali

चौथो विकेटको लागि खवर र कप्तान जिशान मक्सुदले अविजित ७७ रनको साझेदारी गर्दै ओमानलाई जितसम्म पुर्याए। खवर अलिले अविजित ८४ रन बनाए जुन क्रममा ६ चौका र ४ छक्का प्रहार गरे भने कप्तान मक्सुदले ४५ रन बनाउने क्रममा ३ छक्का र ३ चौका प्रहार गरे।

नेपालको बलिङ्गतर्फ पारस खड्काले १ विकेट लिनु बाहेक अन्य बलर विकेट बिहिन रहे। सन्दिप लामिछानेले किफायती बलिङ्ग गर्दै १० ओभरमा मात्र  २७ रन खर्चिए भने महँगो  साबित हुने क्रममा बसन्त रेग्मीले ९ ऒभरमा ६१ रन खर्चिए।

नेपालको ब्याटिंग 

मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले पुरै ओभर ब्याटिंग गर्दा ९ विकेट गुमाएर २२१ रन जोड्न सफल भयो। नेपालको इनिंगलाई सम्हाल्ने क्रममा सिनियर राष्ट्रिय टोलीमा पुनरागमन गरिरहेका सागर पुनले ८३ रनको सानदार पारि खेले। ओपनर सुबाश खकुरेल र कप्तान पारस खड्कालाई छिटै गुमाएको नेपालको इनिंगमा सागरले आरिफ शेखसंग पाँचौ विकेटका लागि ९२ रनको साझेदारी गरे।

टोलीको खातामा ३१ रन हुँदा ओपनर सुबाश खकुरेल (४) लाई पहिलो विकेटका रुपमा गुमाएको नेपालले थप २५ रन जोड्दा कप्तान पारस (८) लाई समेत गुमायो। त्यसको लगत्तै अर्को ओभरमा ओपनर ज्ञानेन्द्र मल्ल ४५ रनको व्यक्तिगत स्कोरमा क्याच आउट हुनपुगे। चौथो विकेटका रुपमा दिपेन्द्र सिंह ऐरी ९ रनको स्कोरमा पभेलियन फर्किंदा नेपालले ८० रन मात्र जोड्न सकेको थियो।

Sagar Pun
Sagar Pun

त्यसपश्चात भने आरिफ शेख र सागर पुनको जोडी चम्कियो र नेपालको इनिंगलाई अगी बढाउन दुईका बीच ९२ रनको साझेदारी भयो। ४५औं ओभरको पहिलो बलमा ३६ रनको व्यक्तिगत स्कोरमा बाउन्ड्री नजिकै क्याच आउट हुन अघि आरिफले ७४ बलमा ३ चौका र १ छक्का सहित ३६ रन जोडे। सागर पुन भने इनिंगको अन्तिम ओभरमा २ बल बाँकिहुँदा ८४ बलमा ६ चौका र २ छक्का सहित ८३ रनको पारि खेल्दै रन आउट भए।

यस्तै इनिंगको अन्त्य तर्फ करन केसीले बिष्फोटक ब्याटिंग गर्दै नेपालको स्कोरलाई २०० रन माथि पुर्याउन सहयोग गरे। जसक्रममा उनले मात्र १० बलमा १ चौका र २ छक्का प्रहार गरे। ओमानको बलिंग तर्फ बिलाल खान, मुहम्मद नदीम र अजय लाल्चिताले समान २-२ विकेट लिए।

अन्तिम ११ (नेपाल) : सुबाश खकुरेल, ज्ञानेन्द्र मल्ल. पारस खड्का, सागर पुन, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, सोमपाल कामी, बसन्त रेग्मी, करन केसी, सन्दिप लामिछाने
अन्तिम ११ (ओमान) : जिसान मक्सुद, जतिन्दर सिंह, आकिब इल्यास सुलेहरी, वैभव वाटेगओंकर, खवर अलि, मुहम्मद नदीम, मुहम्मद नसिम, बिलाल खान, कलिमुल्लाह, अजय लाल्चेता, सुरज कुमार

 





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]