विश्वकप लिग-२ : पीएनजी बिरुद्ध ओमानको रोमान्चक जित

२०२३ विश्वकप छनौटको बाटो विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिज आज देखि स्कटल्याण्डमा सुरु भएको छ। पहिलो त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्याण्ड, ओमान र पपुवा न्युगिनीले प्रतिस्पर्धा गर्दैछन्। सिरिज अन्तर्गत ३ वटा टिमले एकअर्का बिरुद्ध २-२ वटा खेल खेल्नेछन्। विश्वकप लिग अन्तर्गत सबै खेल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ।

स्कटल्याण्डको एबरडीनमा सम्पन्न पहिलो एकदिवसीयमा ओमानले पपुवा न्यु गिनीलाई ४ विकेटले पराजित गरेको छ। पपुवा न्यु गिनीले पहिले ब्याटिंग गर्दै दिएको २३० रनको लक्ष्य ओमानले ४९.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा एक समय ओमान हारतर्फ अघि बढेको देखिएको थियो। ३७ औं ओभरमा १४४ रनमा उसले ६ विकेट गुमाईसकेको थियो। सो अवस्थाबाट सातौँ नम्बरमा ब्याटिंग गरेका सन्दिप गौड र फय्याज बटले उत्कृस्ट साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।


सातौँ विकेटको लागि गौड र फय्याजले अविजित ९० रनको साझेदारी गरे। यस क्रममा आफ्नो दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका २८ वर्षीय गौडले पहिलो अर्धशतक बनाउदै ७२ बलमा अविजित ६७ रन बनाए। यस क्रममा उनले ३ छक्का र २ चौका प्रहार गरे। यस्तै बटले ३२ बलमा २ चौका मदतले ३२ रन बनाए।

यस अघि ओमान ब्याट्सम्यान अकिब इल्यासले ४१ रन बनाएका थिए। पपुवा न्यु गिनी बलर चार्ल्स अमिनीले सर्वाधिक २ विकेट लिए।

Sandeep Goud ( photo – cricinfo )

पपुवा न्युगिनीको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा पपुवा न्यु गिनीले ५० ओभरमा ८ विकेट गुमाएर २२९ रनको योगफल तयार गरेको थियो। उसको लागि ओपनर टोनी उराले सर्वाधिक ५४ रन तथा कप्तान लेगा सियकाले ४१ रन बनाए।

पहिलो विकेटको लागि ओपनर गौडी भाला ( २४ रन ) संग उराले ७७ रनको साझेदारी गरेका थिए। त्यसपछि भने निरन्तर अन्तरालमा पपुवा न्यु गिनीको विकेट गुमेको थियो। अन्तिममा चाड सोपरले अविजित २९ रन बनाए।

ओमानको बलिंगमा कप्तान जिशान मक्सुदले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा ३५ रन मात्र खर्चिए। यस्तै खवर अलिले २ र अकिब इल्यासले १ विकेट लिए।

त्रिकोणात्मक सिरिज अन्तर्गत दोश्रो खेल भोलि स्कटल्याण्ड र ओमान बीच खेलिनेछ। खेल नेपाली समय ३:४५ बजे सुरु हुनेछ।

नेपालले विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिज ५ देखि १२ फेब्रुवरी २०२० मा घरेलु मैदानमा खेल्नेछ। खेलतालिका 

 





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]