निर्णायक खेलमा मुम्बई ३ विकेटले पराजित, ओमानले जित्यो टि-२० सिरिज

तेश्रो तथा निर्णायक खेलमा मुम्बई रन्जी टिमलाई ३ विकेटले पराजित गर्दै घरेलु टोलि ओमानले तिन खेलको टि-ट्वान्टी सिरिज २-१ ले जितेको छ।

ओमान क्रिकेट एकेडेमी मैदानमा सम्पन्न खेलमा मुम्बईले दिएको १३६ रनको लक्ष्य ओमानले ७ विकेट क्षेतीमा १ बल बाँकी रहँदा भेटायो। जितको लागि अन्तिम ओभरमा ११ रन आवस्यक हुँदा मुम्बई बलर आकाश पराकारले पहिलो बलमै वाइडमार्फत २ रन दिए भने लगत्तै बलमा सन्दिप गोडले छक्का प्रहार गरेपछि ओमानको जित सहज बन्यो।

सन्दिप गोडले १७ बलमा १ चौका र १ छक्का मद्दतले अविजित २० रन बनाए। त्यस अघि ओमान ओपनर जतिंदर सिंहले २८ बलमा ३ चौक र ५ छक्का मद्दतले सर्वाधिक ४६ रन योगदान दिए। मोहम्मद नदीमले १९ रन, अकिब इल्यासले १७ रन योगदान दिए। सिंह र इल्यासले ५.५ ओभरमा ५१ रनको ओपनिंग साझेदारी गरेका थिए। त्यसपछि लगातार विकेट गुमाएको ओमानको लागि आठौं विकेटको रुपमा गोड र कलिमुल्लाहले अविजित २४ रनको साझेदारी गर्दै जित दिलाए।

मुम्बईको बलिंगमा मोहित अभस्ती र सुजित नाईकले समान २ विकेट तथा शाम्स मुलानी र आकर्षित गोमेलले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ७ विकेट क्षेतीमा १३५ रन बनाएको थियो। उसको लागि ओपनर आकर्षित गोमेलले सर्वाधिक ३४ रन, सुजित नाईकले २५ रन, चिन्मय सुतरले १९ रन तथा हार्दिक तमोरेले १६ रन बनाए। अघिल्लो खेलमा उत्कृस्ट प्रदर्शन गरेका यशस्वी जैसवालले ९ रन मात्र बनाउन सके। ओमान बलर अकिब इल्यासले सर्वाधिक ३ विकेट ( ४–०-२२-३ ) लिए भने बिलाल खान, मोहम्मद नदीम, सुफ्यान महमुद र खवर अलिले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा ओमान २ विकेटले विजयी भएको थियो भने दोश्रो खेलमा मुम्बई १८ रनले विजयी भएको थियो। दुई देश बीच अब अगस्ट २९, ३१ र सेप्टेम्बर २ र ३ तारिखमा एकदिवसीय सिरिज खेलिनेछ। त्यसपछि ओमानले नेपाल र अमेरिकासंग सेप्टेम्बर १३ तारिख देखि विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका रहेको छ।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]