प्रतिस्पर्धात्मक खेलमा ओमानद्वारा मुम्बई पराजित

ओमान भ्रमणमा रहेको मुम्बई रन्जी ट्रफी टिमलाई घरेलु टोलि ओमानले प्रतिस्पर्धात्मक पहिलो टि-ट्वान्टीमा २ विकेटले पराजित गरेको छ।

अक्टोबर १७ देखि ओमान र युएईमा आयोजना हुने २०२१ टि-ट्वान्टी विश्वकप तथा विश्वकप लिग-२ को तयारी स्वरूप ओमानले भारतको मुम्बईको रन्जी ट्रफी टिमलाई ओमान बोलाएको हो। भ्रमण अन्तर्गत दुई देशले तीन वटा टि-ट्वान्टी र चारवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने तालिका रहेको छ।

ओमान क्रिकेट एकेडेमी मैदानमा मंगलबार सम्पन्न खेलमा मुम्बईले दिएको १३२ रनको लक्ष्य ओमानले ८ विकेट क्षेतीमा १८.३ ओभरमा भेटायो। ओमानको लागि चौथो नम्बरमा ब्याटिंग गरेका कप्तान जिसान मक्सुदले सर्वाधिक ५० रन बनाए जुन क्रममा ३९ बलमा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै आठौँ नम्बरमा ब्याटिंग गरेका नसिम खुसिले जितमा अहम योगदान दिने क्रममा अविजित ३९ रन बनाए जुन क्रममा मात्र १२ बलमा १ चौका र ५ छक्का प्रहार गरे।

लक्ष्य पछ्याउने क्रममा ओमानले पहिलो ६ विकेट ८४ रनमै गुमाएको थियो। त्यसपछि क्रिजमा आएका नसिम खुसिले आक्रामक ब्याटिंग गर्दै टिमलाई जित दिलाए। जितको लागि अन्तिम २ ओभरमा १८ रन आवस्यक हुँदा खुसिले मोहित अवस्थीले गरेको १९ औं ओभरमा लगातार तिन वटा छक्का प्रहार गर्दै टिमलाई जित दिलाए।

मुम्बईको बलिंगमा मोहित अवस्थी, शशांक अट्टार्दे र शाम्स मुलानीले समान २ विकेट लिए।

Zeeshan Maqsood ( File Photo – EspnCricinfo , Peter Della Penna )

यस अघि टस हारेर ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ९ विकेट क्षेतीमा १३१ रन बनाएको थियो। उसको लागि ओपनर आकर्षित गोमेलले सर्वाधिक ३३, हार्दिक टामोरेले २३ तथा शाम्स मुलानीले १९ रन योगदान दिए। मुम्बईले इनिंग्सको अन्तिम ७ बलमा ४ विकेट गुमाएको थियो। मोहम्मद नदीमले अन्तिम ओभर बलिंग गर्ने क्रममा ३ विकेट लिंदै मात्र ४ रन खर्चेका थिए।

ओमानको बलिंगमा दायाँ हाते पेसर मोहम्मद नदीमले सर्वाधिक ३ विकेट तथा कालिम कालेमुल्लाह र जिशान मक्सुदले समान २ विकेट लिए। बिलाल खान र अकिब इल्यासले समान १ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो खेल अगस्ट २६ तारिख बिहिबार तथा तेश्रो खेल अगस्ट २७ तारिख शुक्रबार खेलिने तालिका रहेको छ। त्यसपछि दुई देश बीच अगस्ट २९, ३१ र सेप्टेम्बर २ र ३ तारिखमा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलिनेछ। त्यसपछि ओमानले नेपाल र अमेरिकासंग सेप्टेम्बर १३ तारिख देखि विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका रहेको छ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]