ICCWCL2 : मक्सुदको अर्धशतक, ओमानद्वारा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा ओमान र अमेरिका प्रतिस्पर्धा गरिरहेका छन्।

अल अमिरात मैदानमा टस हारेर ब्याटिंग गरेको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७४ रन बनाउदै अमेरिकालाई २७५ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

ओमानको लागि कप्तान जिशान मक्सुदले सर्वाधिक ५३ रन, जतिन्दर सिंहले ४२ रन, आयान खानले ४१ रन, नसिम खुसिले ३५ रन तथा डेब्यु गरेका ओपनर पृथ्वीकुमार मच्ची र सन्दिप गौडले समान २५ रन तथा कलेमुल्लाहले अविजित १६ रन योगदान दिए। ओपनर मच्ची र सिंहले पहिलो विकेटको लागि ५८ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए। त्यसपछि चौथों विकेटको लागि कप्तान मक्सुद र आयान खान बीच ६९ रनको साझेदारी भयो। आठौं विकेटको लागि खुसि र कलेमुल्लाहले मात्र १४ बलमा ३३ रनको साझेदारी गरे।

अमेरिकाको बलिंगमा देब्रे हाते स्पिनर नोस्थुस किन्जिगेले सर्वाधिक ३ विकेट ( १०-०-४९-३ ) लिए। स्टेभेन टेलर , निसर्ग पटेल र करिमा गोरेले समान १ विकेट लिए।

सिरिज अन्तर्गत अघिल्लो खेलमा ओमानले अमेरिकालाई ४ विकेटले पराजित गरेको थियो। लिग अंकतालिकामा ओमान पहिलो र अमेरिका दोश्रो स्थानमा रहेको छ।

सिरिज अन्तर्गत नेपालले आफ्नो ४ वटै खेल खेलीसकेको छ। नेपालले अमेरिका र ओमानलाई एक/एक खेलमा पराजित गर्न सफल रह्यो भने दुवै टिमसंग एक/एक खेलमा पराजित समेत भयो। सिरिजबाट नेपालले ४ अंक बटुल्दै लिग-२ अंकतालिकाको चौंथो स्थानमा पुगेको छ। अंकतालिका 





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]