एसिया कप रेसबाट ओमान आउट

एसीसी टि-२० वेस्टर्न रिजन प्रतियोगिताबाट ओमान समुह चरणबाटै बाहिरिएको छ। बहराइन र कतारसंग ३ खेल पछि २ जित र १ हार पछि समान ४ अंक रहेता पनि नेट रन रेटमा पछि परेपछि ओमानलाई पछि पर्दै बहराइन र कतार सेमीफाइनल प्रवेश गरेका हुन्।

ओमानमा जारी प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा बहराइनले कतारलाई ६ विकेटले पराजित गर्ने क्रममा १ सय ७ रनको लक्ष्य मात्र ११.५ ओभरमा पछ्याएको थियो। सो नतिजा पछि नेट रन रेटमा सेमीफाइनल पुग्ने टिम तय भएको थियो।

अंकतालिकामा पहिलो स्थानमा रहने क्रममा बहराइनको नेट रन रेट १.४६१ , कतारको १.३९१ रह्यो भने ओमानले १.०४ रह्यो।

यस अघि ओमानलाई समुह ‘ए’ अन्तर्गत खेलमा कतारले ३४ रनले पराजित गरेको थियो। १ सय ७६ रन लक्ष्य पछ्याउने क्रममा ओमानले १ सय ४१ रन मात्र बनाउन सकेको थियो। ओमानले बहराइनलाई भने ८ विकेटले पराजित गर्ने क्रममा ८४ रनको लक्ष्य २ विकेट गुमाएर पुरा गरेको थियो।

प्रतियोगिताको समुह ‘बि’ बाट तिन वटै खेलमा जित हाँसिल गर्दै युएई समुह विजेताको रुपमा तथा कुवेत २ जित र १ हार पछि दोश्रो स्थानमा रहँदै उप-विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ।

सेमीफाइनल खेल बुधबार कतार र युएई तथा बहराइन र कुवेत बीच खेलिनेछ। दुवै खेलको विजेता हुँदै फाइनल पुग्ने टिम एसिया कप छनौट प्रतियोगिता खेल्न छनौट हुनेछ।

एसिया कप छनौट प्रतियोगिता मलेसियामा अगस्टमा आयोजना हुनेछ। उक्त प्रतियोगितामा पश्चिम क्षेत्र बाट दुइ तथा पूर्वी क्षेत्रबाट २ टिम छनौट हुनेछन्। पूर्वी क्षेत्रको छनौट प्रतियोगिता फेब्रुअरी २९ बाट थाइल्याण्डमा सुरु हुँदैछ। नेपाल सहित प्रतियोगितामा हंगकंग, सिंगापुर, थाइल्याण्ड र मलेसियाले प्रतिस्पर्धा गर्नेछन्।

एसिया कप छनौटमा ४ टिम मध्ये उत्कृस्ट १ टिम सेप्टेम्बरमा बंगलादेशमा आयोजना हुने एसिया कपमा छनौट हुनेछ। एसियाकपमा भारत, पाकिस्तान, श्रीलंका,बंगलादेश र अफगानिस्तान स्वतः छनौट भैसकेका छन्।

( सच्याइएको – यस अघि एसिया कप छनौटबाट उत्कृस्ट २ टिम एसिया कप खेल्न छनौट हुने भएकोमा सच्याइएको छ। एसिया कप छनौटको विजेता टिम एसिया कप खेल्न छनौट हुनेछ। )





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]