डेजर्ट कपमा क्यानडाको शानदार प्रदर्शन, ओमान दुवै खेलमा पराजित

ओमानमा जारी डेजर्ट कपमा क्यानडाले उत्कृस्ट प्रदर्शनलाई जारि राख्ने क्रममा घरेलु टोलि ओमानलाई दोश्रो खेलमा पनि पराजित गरेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेको प्रशिक्षणमा रहेको क्यानडाले ओमान विरुद्ध २ जित सहित ६ खेलमा ५ जित दर्ता गर्दै फाइनल पुगेको छ। बहराइनसंग एक खेल बाहेक क्यानडा सबै खेलमा विजयी भएको हो।

आइतबार बेलुका क्यानडाले ओमानलाई ३ विकेटले पराजित गर्दै अंकतालिकाको शिर्षमा रहेर फाइनल पुगेको हो। फाइनलमा क्यानडाले पुनः ओमानको सामना गर्नेछ। ओमानले ६ खेलमा ३ जित र ३ हार बेहोर्दा ६ अंक बटुलेको छ। समान ६ अंक रहेता पनि बहराईन नेट रन रेटमा पछि पर्दै तेश्रो स्थानमा रह्यो। साउदी अरबले ६ खेलमा १ खेल मात्र जित्न सक्यो।

अल अमिरात क्रिकेट ग्राउण्डमा ओमानले दिएको १७० रनको लक्ष्य क्यानडाले १ बल बाँकी हुँदा ७ विकेट क्षेतीमा पुरा गर्यो।

क्यानडाका ओपनर आरोन जोन्सनले ४१ बलमा ११ चौका र ५ छक्का मद्दतले ८९ रन बनाउदै जितमा अहम योगदान दिए। हर्ष थाकरले २४ रन बनाउदा डिल्लोन हेलिगरले अविजित २२ तथा निखिल दत्ताले अविजित १७ रन बनाए।

१३२/७ को अवस्थाबाट हेलिगर र दत्ताले आठौँ विकेटको लागि २१ बलमा अविजित ३८ रनको साझेदारी गर्दै रोमान्चक जित दिलाए।

ओमानका बलर कलेमुल्लाह र रफीउल्लाहले ३/३ तथा बिलाल खानले १ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको ओमानले २० ओभरमा ७ विकेट क्षेतीमा १६९ रन बनायो। कप्तान जिशान मकुदले ५४ तथा जतिन्दर सिंहले ४७ रन बनाए। मक्सुद र सिंहले तेश्रो विकेटको लागि ९३ रनको साझेदारी गरेका थिए।

क्यानडा बलर अम्मर खालिदले ३, साद जाफरले २ तथा कालिम साना र डिल्लोन हेलिगरले १/१ विकेट लिए।

प्रतियोगिताको उपाधिको लागि आज राति ९:४५ बजे क्यानडा र ओमान बीच प्रतिस्पर्धा हुनेछ। तेश्रो स्थानको लागि बहराईन र साउदी अरब आजै प्रतिस्पर्धा गर्नेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy