प्रजापतिको शतकका बाबजुद ओमान पराजित, मुम्बईले ३-१ ले जित्यो एकदिवसीय सिरिज

२०७८ भाद्र १८, शुक्रबार १९:४८

चौथो खेलमा ओमानलाई ४ विकेटले पराजित गर्दै मुम्बई रन्जी टिमले चार खेलको एकदिवसीय सिरिज ३-१ ले जितेको छ।

ओमान क्रिकेट एकेडेमी मैदानमा सम्पन्न खेलमा ओमानले दिएको २४९ रनको लक्ष्य मुम्बईले ४६.५ ओभरमा ६ विकेट क्षेतीमा पुरा गर्यो। मुम्बईको जितमा आकर्षित गोमेलले सर्वाधिक ६० रन, हार्दिक तमोरेले ५८ रन, सिराज पाटिलले अविजित ५२ रन तथा शाम्स मुलानीले ४१ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा १५० रनमा ५ विकेट गुमाएको अवस्थामा मुलानी र पाटिलले ९२ रनको साझेदारी गर्दै जितमा अहम योगदान दिए। ओमानको बलिंगमा बिलाल शाहले ३ तथा खवर अलि र नेस्टर धम्बाले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको ओमानले ५० ओभर मा ८ विकेट क्षेतीमा २४८ रन बनाएको थियो। उसको लागि ओपनर कश्यप प्रजापतिले सर्वाधिक १४६ रन बनाए जुन क्रममा १३८ बलमा ५ चौका र ९ छक्का प्रहार गरे। अर्को किनारमा लगातर विकेट गुमेता पनि प्रजापतिले अन्तिम ओभरसम्म ब्याटिंग गरेका थिए। १०६ रनमा ६ विकेट गुमाएको अवस्थामा उनले नेस्टर धाम्बासंग १२२ रनको साझेदारी गरे। धाम्बाले ३२ रन बनाए।

मुम्बईको बलिंगमा शशांक अट्टारदेले ३, दिपक शेट्टीले २ तथा अमन खान र सिराज पाटिलली समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल मुम्बईले ४ विकेट र २३१ रनले जितेको थियो भने तेश्रो खेल ओमानले २ विकेटले जितेको थियो। दुई देश बीच यस अघि सम्पन्न तिन खेलको टि-२० सिरिज ओमनाले २-१ ले जितेको थियो। ओमानले नेपाल र अमेरिकासंग सेप्टेम्बर १३ तारिख देखि विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy