डिभिजन-२ मा नेपालसंग खेल्ने ओमानको टिम घोषणा

  • विकेटनेपाल- २८ पौष, शुक्रवार

फेब्रुअरीमा नामिबियामा आयोजना हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ का लागि ओमान क्रिकेटले १४ सदस्यीय टोलि घोषणा गरेको छ।

डिभिजन २ आगामी फेब्रुअरी ८ देखि १५ सम्म नामिबियाको विन्डहोइकमा हुँदै छ। प्रतियोगितामा आयोजक नामिबिया सहित नेपाल, ओमान, क्यानडा, यूएई र केन्या सहभागी हुँदैछन्। ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ।

प्रतियोगिताको लागि ओमानले आफ्नो टोलिमा ३ नयाँ अनुहार भित्र्याएको छ। दुई फास्ट बलर कलीमुल्लाह र अहमद फयाज तथा स्पिन अल-राउण्डर जय ओडेदरालाई पहिलो पटक टिममा सामिल गरिएको छ। टोलिको कप्तानमा सुल्तान अहमद तथा उप-कप्तानको भुमिकामा जीशन मक्सुद यथावत छन्।

श्रीलंकाली दुलीप मेन्डिसको प्रशिक्षणमा रेहको ओमानले पछिल्लो केहि बर्षमा उत्कृस्ट प्रदर्शन गर्दै आएको छ।

डिभिजन २ का लागि ओमानको तायारी पनि राम्रो भएको छ। केहि समय अघि मात्र ओमानले तयारीकै क्रममा हंगकंग र संयुक्त राज्य अमेरिका (यूएसए) बिरुद्ध सिरिज जित हात पारेको थियो। संगसंगै ओमानका सबै खेलाडीपनि देशकै घरेलु ५० ओभरका प्रतियोगितामा व्यस्त छन्।

ओमानसंगै प्रतियोगितामा सहभागिता जनाउने नेपाल भने आफ्नै गृह मैदानमा तयारी गर्दैछ। दक्षिण अफ्रिकाको भ्रमण गर्ने योजना भएपनि आईसीसीबाट स्वीकृति नआउँदा नेपाली टोलि किर्तिपुरमै तयारी गर्न बाध्य छ। पर्याप्त तयारीको अभाव नेपाली टोलिले यसपटक मात्र बेहोर्नु परेको भने होईन। हरेक प्रतियोगितामा सहभागी हुँदा नेपालले यो समस्या खेप्दै आएको छ।

ओमानको टोलि नेपालको लागि नयाँ प्रतिद्वन्द्वी होईन। आईसीसीका विभिन्न प्रतियोगितामा नेपाल र ओमान आमने-सामने हुँदै आएका छन्। नेपाल र ओमानले यसअघिका खेलेका खेलहरुमा जे जस्तो नतिजा आएको भएपनी यसपटक भने ओमानले नेपाललाई कडा चुनौती दिनेमा दुईमत छैन।

एक दिवसिय विश्वकप छनौटमा स्थान पक्का गर्नको लागि नेपाललाई डिभिजन-२ को फाईनलसम्म पुग्नै पर्ने दवाब रहेको छ। आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको पुछारको ४ मा परेपछि नेपाल डिभिजन २ मा घटुवा भएको हो। संगै ओमान भने डिभिजन-३ को बाटो हुँदै डिभिजन-२ मा बढुवा भएको हो।

डिभिजन २ का लागि ओमानको टोलि :
सुल्तान अहमद (कप्तान), जीशन मक्सुद (उप-कप्तान), जतिन्दर सिंह, अकिव ईल्यास, खवर अलि, भैवब वाटेगनोकर, अजय लाल्चेता, मोहम्मद नदीम, जय ओडेदरा, बिलाल खान, स्वप्निल खड्ये, मोहम्मद नसीम, कलीमुल्लाह, अहमद फयाज

नेपाल र ओमान- पछिल्ला भेटहरु:

ओमानले सन् २०१४ को एसीसी प्रिमियर लिगमा २ विकेटको जित हात पार्दा कप्तान सुल्तान अहमदले अविजित ३२ रनको पारि खेलेका थिए भने अमिर कालिमले ३६ रन खर्चेर ४ विकेट हात पारेका थिए। सन् २०१५ मा डिभिजन-३ मा भएको खेलमा नेपालले २८ रनले बाजी मारेको थियो। उक्त खेलमा ज्ञानेन्द्र मल्लले सर्बाधिक ३४ रन बनाउदै म्यान अफ द म्याच घोषित भएका थिए।

सन् २००९ को एसीसी टी-२० कपमा नेपालका बसन्त रेग्मीलाई स्टम्प आउट गर्दै सुल्तान अहमद (फोटो: एसीसी)

यस्तै नेपाल र ओमान बीच २०१५ मा अबुधाबीमा खेलिएको एकदिवसीय खेलमा पनि ओमानले ३ विकेटको जित हात पारेको थियो। उक्त खेलमा ज्ञानेन्द्र मल्लले ७१ तथा पारस खड्काले ४९ रन बनाएपनि नेपाल सस्तैमा समेटिएको थियो । ओमानका जेसन मक्सूदले शतक बनाएका थिए ।





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]