ओमान टि-२० सिरिजको प्रत्यक्ष प्रशारण तिन माध्यमबाट हेर्न सकिने

नेपाली क्रिकेट टिमले यही फेब्रुअरी ११ देखि १४ तारिखसम्म ओमानमा खेल्ने चारदेश सम्मिलित टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको नेपालमा प्रशारण अधिकार एडप्याडले खरिद गरेको छ।

एडप्याडले आई.टि.डब्लु नामक कम्पनिसंग ग्लोबल अधिकार खरिद गरेको हो। प्रतियोगितामा नेपाल सहित आयोजक ओमान, आयरल्याण्ड र युएई प्रतिस्पर्धा गर्दैछन्। चारवटै टिमले एक अर्कासंग एक-एक खेल खेल्नेछन्। सिरिज पछि नेपालले ओमानमा टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट खेल्नेछ जसमा यी चारवटै टिम सहभागी हुँदैछन् त्यसैले यो सिरिजलाई नेपालले अभ्यासको अवसरको रुपमा लिएको छ। सबै खेलको नेपालमा तिन वटा माध्यमबाट प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ।

चारदेशीय सिरिजको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय टिभीले गर्नेछ। यस्तै युट्युबमा ओएसआर स्पोर्ट्स तथा दराज एप मार्फतसमेत संगै यसको प्रत्यक्ष प्रशारण हुनेछ। नेपालमा प्रशारणको प्रायोजन टिभीएस अपाचेले गरेको छ। नेपाल बाहिर फ्यानकोड एप मार्फत शशुल्क प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ।

“कुनै नेपाली कम्पनीले विदेशीकम्पनीसँग सहकार्य गरी खरिद अधिकार गरेको यो पहिलो पटक हो । यसले अबका दिनमा पनि नेपाल सम्मिलित खेलहरु नेपाली दर्शकले हेर्न पाउने वातावरण सिर्जना गरेको छ । विगतमा वेबसाइट लाई रिफ्रेस गरी गरी स्कोर अपडेट लिनुपर्ने स्थितीबाट आज अन्तराष्ट्रिय स्तरको प्रसारण नेपालमा उपलब्ध गराउन पाउदाँ हामी उत्साहित छौं” एड प्याड प्रा. लि. सुरज गिरीले प्रेस विज्ञप्तिमा भनेका छन् ।

चारदेशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेल ११ फेब्रुअरी ( शुक्रबार ) ओमान बिरुद्ध, १२ फेब्रुअरी ( शनिवार ) युएई बिरुद्ध तथा १४ फेब्रुअरी सोमबार आयरल्याण्ड बिरुद्ध खेल्नेछ।

चारदेशीय सिरिजमा नेपालको खेल तालिका

नेपाल Vs ओमान : फेब्रुअरी ११ ( ३:४५ बजे बेलुका ) , अल अमिरात क्रिकेट मैदान, टर्फ १ मैदान
नेपाल Vs युएई : फेब्रुअरी १२ ( ११:४५ बजे बिहान ) , अल अमिरात क्रिकेट मैदान, टर्फ १ मैदान
नेपाल Vs आयरल्याण्ड : फेब्रुअरी १४ ( ३:४५ बजे बेलुका ) , अल अमिरात क्रिकेट मैदान, टर्फ १ मैदान

सिरिजमा सहभागिता पछि नेपालले फेब्रुअरी १७ देखि २४ तारिखमा ग्लोबल क्वालीफायर ‘ए’ खेल्नेछ। प्रतियोगितामा नेपाल सहित आयोजक ओमान, आयरल्याण्ड, जर्मनी, फिलिपिन्स, युएई, बहराईन, क्यानडा प्रतिस्पर्धा गर्दैछन्।

ग्लोबल छनोट (ए) मा सहभागी आठ टोलिलाई दुई वटा समुहमा बिभाजन गरिएको छ। नेपालको समुहमा ओमान, फिलिपिन्स र क्यानडा छन्। अर्को समुहमा युएई, बहराइन, आयरल्याण्ड र जर्मनी छन्। समुह चरणमा सबै टिमले एकअर्कासंग एक/एक खेल खेलेपछि समुहको शिर्ष दुई टिम सेमीफाइनल पुग्नेछ। दुईवटा सेमीफाइनलको विजेता टिम फाइनल पुग्नेछ भने टि-२० विश्वकप २०२२ को लागि समेत छनोट हुनेछ।

समुह ‘ए’ : नेपाल, ओमान, फिलिपिन्स र क्यानडा
समुह ‘बि’ : युएई, बहराइन, आयरल्याण्ड र जर्मनी

प्रतियोगितामा नेपालले पहिलो खेल ओमानसंग फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी मैदानमा खेल्ने छ। खेल नेपाली समय बिहान ११:४५ बजे सुरु हुनेछ यस्तै दोश्रो खेल फिलिपिन्ससंग फेब्रुअरी १९ तारिखमा अल अमिरात क्रिकेट मैदानमा खेल्नेछ। खेल नेपाली समय बिहान ११:४५ बजे सुरु हुनेछ। तेश्रो खेल क्यानडासंग फेब्रुअरी २१ तारिखमा ओमान क्रिकेट एकेडेमी मैदानमा खेल्नेछ। खेल नेपाली समय बेलुका ३:४५ बजे सुरु हुनेछ।

नेपाल Vs ओमान : फेब्रुअरी १८ , ११:४५ बजे बिहान ( ओमान क्रिकेट एकडेमी मैदान )

नेपाल Vs फिलिपिन्स : फेब्रुअरी १९, ११:४५ बजे बिहान ( अल अमिरात क्रिकेट मैदान )

नेपाल Vs क्यानडा : फेब्रुअरी २१, ३:४५ बजे ( ओमान क्रिकेट एकडेमी मैदान )





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]